रक्सी र चुरोटभन्दा तरकारीको मुल्यमा वृद्धि
Admin / 2014-06-18 04:26:16
नेपाल ब्युरो–असार ४,काठमाडो ।
मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विलासी वस्तु रक्सी र चुरोटको भन्दा सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मुल्यवृद्धि बढी हुँदा उपभोक्ता मारमा परेका छन् ।
तरकारी र खाद्य पदार्थमा भएको मूल्यवृद्धिले आमनागरिक सबैभन्दा बढी मर्कामा परेका छन् । बैशाख महिनामा तरकारी उप–समूहको मूल्यवृद्धि दर सबैभन्दा बढी ३१.६ प्रतिशत छ । तर, बैशाख महिनामै सुर्तीजन्य पद्धार्थको मूल्यवृद्धि २५.३ प्रतिशत र मदिराजन्य पदार्थको मूल्यवृद्धि २२.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको यसै अवधिमा तरकारीको ७.१, सूर्तीजन्यको ११.४ र मदिराको ४.४ प्रतिशतले मुल्यवृद्धि भएको थियो ।
बैशाख महिनामा खाद्य तथा पेय पदार्थ मूल्य वृद्धिदर १२.९ प्रतिशत छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ७.० प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ८.७ प्रतिशत र ८.६ प्रतिशतले भएको थियो ।
मुल्यवृद्धिको अनुपातमा आम्दानी नबढ्दा जनताको जीबनस्तर कठिन बन्दै गएको छ । सरकारले यो वर्ष ८ प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने लक्ष्य राखे पनि बैशाख महिनाको मुल्यवृद्धि ९.७ प्रतिशत छ । यो गत वर्षको यसै अवधिको भन्दा १ प्रतिशतले बढी हो ।
प्रकाशित मिति: 2014-06-18 04:26:16
प्रतिक्रिया: