नेपालमा लगानी गर्ने अनुकूल समय छ : महत
Admin / 2014-09-15 05:37:57
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ ।
अर्थमन्त्री डा रामशरण महतले नेपालमा लगानी गर्ने अनुकूल समय भएको बताउनुभएको छ ।
उहााले शान्ति प्रक्रिया पूरा हुने क्रमसँगै राजनीतिक स्थायित्व कायम भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय भएको बताउनुभएको हो ।
नेपाल भ्रमणमा रहेको बेलायती संसदका सदस्यहरुको एक प्रतिनिधि मण्डलसँग अर्थमन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
छलफलका क्रममा सदस्यहरुले नेपालको राजनीतिक अवस्था, सरकारले लिएको नीति र नेपालमा विदेशी लगानीका बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए । सो अवसरमा अर्थमन्त्री डा महतले छिमेकी भारत र चीन ठूला बजारहरु रहेकोले नेपालमा लगानी गरेर विदेशी लगानीकर्ताहरुले प्रशस्त लाभ लिन सक्ने बिचार व्यक्त गर्नुभएको थियो ।
उहाँले लगानीका लागि अनुकूल नीति नियमहरु निर्माण गरी आर्थिक एजेण्डामा केन्द्रीत भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय आएको जानकारी पनि दिनुभएको थियो ।
प्रकाशित मिति: 2014-09-15 05:37:57
प्रतिक्रिया: