भारतीय कम्पनी जिएमआरसँग आज सम्झौतापत्रमा हस्ताक्षर हुने
Admin / 2014-09-19 03:29:39
नेपाल ब्युरो– असोज ३, काठमाडौ ।
भारतीय कम्पनी जिएमआरसँग सरकारले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको लागि आज सम्झौतापत्रमा हस्ताक्षर गर्दैछ ।
सरकारले परियोजनाको परियोजना विकास सम्झौता पिडिए हिजो पारित गरेपछि आज सम्झौतामा हस्ताक्षर गर्न लागेको हो ।
हिजो बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले पिडिए पारित गरेको थियो ।
प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहेको लगानी बोर्डले पारित गरेको पिडिएको मस्यौदालाई सरकारले स्वीकृती दिएको हो ।
जिएमआरसँग पिडिए सम्झौता भएपछि ठूला परियोजनामा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरु आकर्षित गर्न सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।
माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकासका सन्दर्भमा लगानी बोर्डको कार्यालय तथा लगानी बोर्डको निर्णयानुसार गठित पिडिए वार्ता टोली र परियोजनाको विकासकर्ता जीएमआर माथिल्लो कर्णाली हाइड्रोपावर लिमिटेडका बीचमा लामो छलफल पश्चात तयार पारिएको पिडिएलाई सरकारले स्वीकृती दिएको हो ।
प्रकाशित मिति: 2014-09-19 03:29:39
प्रतिक्रिया: