अब बन्ने संविधानमा मानवअधिकारको सुनिश्चितता हुनुपर्छ : राष्ट्रपति यादव
Admin / 2014-09-05 07:33:13
नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
राष्ट्रपति डा. रामवरण यादवले दलहरुले मानवअधिकारको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
उहाँले अब बन्ने संविधानमा मानवअधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय कानुन संघ नेपालको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादवले मानवअधिकारको रक्षाका लागि कानुन व्यवसायीहरुले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्र्नेे बताउनुभयो ।
आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको न्यायिक जाँच र पहुँच सम्बन्धी तीनदिने अन्तराष्ट्रिय कानुन सम्मेलन आजदेखि काडमाडौंमा सुरु भएको हो ।
अन्तराष्ट्रिय कानुन संघ नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा संवैधानिक अधिकारको व्यावहारिक कार्यान्वयनका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल हुनेछ ।
नागरिकको आथिर्क, सामाजिक र साँस्कृतिक अधिकारलाई संविधानमा सुनिश्चित गराउन समेत यो सम्मेलनले पहल गर्नेछ । आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल लगायत बेल्जियम, इन्डोनेसिया, भारत र प्यालेस्टाइनका कानुन व्यवसायी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ ।
प्रकाशित मिति: 2014-09-05 07:33:13
प्रतिक्रिया: