आगामी माघ ८ भित्रमा संविधान निर्माण हुनेमा विश्वास : खड्का
Admin
नेपाल ब्युरो –जेठ २२, काठमाडौँ ।
नेपाली कांग्रेसका सह महामन्त्री एवं सभासद् पूर्णबहादुर खड्काले संविधान निर्माणमा सकारात्मक प्रगती भइरहेकाले आगामी माघ–८ भित्रमा संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले संविधान निर्माणको छलफलमा पार्टीका प्रमुख एवं शीर्ष नेताहरुको नियमित उपस्थिति र कार्यतालिका अनुसार संविधानको काममा प्रगती हुदै जानु सकारात्मक पक्ष भएको बताउनुभयो ।
आज नेपाल प्रेस युनियन काठमाडौं शाखाको नव निर्वाचित पदाधिकारीहरुको पदस्थापना समारोहमा उहाँले संविधान निमार्णको दिशामा सकारात्मक र उत्साहजनक प्रगति भइरहेको दावी गर्नुभएको हो ।
उहाँले राज्यको पुनसंर्रचना, शासकीय स्वरुप र न्यायापालिका लगायतका विषयमा दलहरुबीच मतभेद बढेपनि त्यसलाई सहमतिबाट टुंग्याएर अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
ती सबैबीचमा यसअघि दलहरुबीच मोटामोटी सहमति भएको भन्दै उहाँले त्यसलाई टेकेर पुनः अगाडि बढ्न सकिने वा त्यही भित्रबाट सहमति खोज्न सकिने विचार राख्नुभयो ।
प्रकाशित मिति: 2014-06-05 04:12:19
प्रतिक्रिया: