संसदको बैठक आज पनि
Admin
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
विपक्षी दलहरुले हिजो अवरुद्ध गरेको व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ ।
चारबुँदे सहमति कार्यान्वयन र अर्थमन्त्रीको प्रतिवद्धता कार्यान्वयनको माग गर्दै विपक्षी दलहरुले हिजोको बैठक अवरुद्ध गरेका थिए ।
हिजो पानि विपक्षि दलले बैठक अवरुद्ध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले आजसम्मका लागि बैठक स्थगित गर्नु भएको हो ।
संविधानसभा भवन नयाँ वानेश्वरमा अपरान्ह ३ बजेका लागि बैठक तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-09-11 02:39:11
प्रतिक्रिया: