नम्रता
श्रेष्ठ नेपालकै महंगी र बढी आम्दानी गर्ने अभिनेत्री भएकी छन् । वर्ष
२०७१ सालमा मात्र उनी पाँचवटा व्यवसायिक उत्पादन र संस्थाकी ब्रान्ड
एम्बेसडर घोषित भएकी छन् ।
उनी स्टारर सिनेमा ‘नोभेम्बर रेइन’ करोड क्लब प्रवेश गर्ने वर्षकै पहिलो
फिल्म बन्यो । रिलिजको तयारीमा रहेको सिनेमा ताण्डवबाट उनले ५ लाख रुपैयाँ
पारिश्रमिक लिइन् । यीबाहेक ओभरसिज राइट र रेष्टुराँ उनको आम्दानीका स्रोत
हुन् ।
इन्डेक्स फर्निचर, यामाहा बाइक, शिक्षा नेपाल, बर्जर पेइन्ट र एइट्–डी
सिनेमाजस्ता व्यवसायिक र सामाजिक संस्थाले नम्रतालाई यसवर्षको ब्रान्ड
एम्बेसडर बनाएका छन् । व्यवसायिक दूत बनाएबापत उनलाई अतिरिक्त २० लाख आउँछ ।
मेघासहितका केही फिल्मको उनले हङकङ र अष्ट्रेलिया राइट खरिद गरेकी छन् ।
आफू अभिनित अन्य स्तरिय फिल्मलाई ओभरसिजमा बिक्री गर्ने र बजार बिस्तार
गर्ने योजना नम्रताको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्न उनी चाँडै ओभरसिज
टुरमा निस्कँदैछिन् ।
उनी अभिनित सिनेमा ‘ताण्डव’ र ‘जिन्दावाद’ प्रतीक्षित फिल्म हुन् । ‘मौन’
निर्देशक सुरज भुषालले निर्देशन गर्ने ‘रङ नम्बर’ नम्रताको अर्को फिल्म हो ।
यसैवर्ष उनले ‘पर्पल डेइज’मा चुनौतिपूर्ण एक्टिङ गर्दैछिन् । आउँदो वर्ष
नम्रताको खुशिको खबर भनेको उनी निर्देशक बन्नेछिन् ।