नाइजेरियास्थित शिक्षक प्रशिक्षण केन्द्रमा अज्ञात समूहद्वारा आक्रमण, १५ को मृत्यु -
Admin
नेपाल ब्युरो– असोज २, एजेन्सी ।
नाइजेरियाको कानो शहरस्थित शिक्षक प्रशिक्षण केन्द्रमा अज्ञात समूहद्वारा आक्रमण गरिएको छ ।
आक्रमण हुँदा कम्तिमा १५ जना मारिएका छन् ।
घटनामा अन्य ३४ जना भन्दा बढी घाइते भएको अधिकारीहरुलाई उदृत गर्दै विविसिले जनाएको छ ।
आक्रमणकारी र प्रहरीबीच प्रशिक्षण केन्द्र भित्र पस्नु अघि दोहोरो गोली हानाहान भएको बताइएको छ । आक्रमणमा दुई आत्मघाति आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।
आक्रमणको कसैले जिम्मेवारी नलिए पनि इस्लामिक समूह बोको हरामले गरेको हुन सक्ने आशंका गरिएको छ । सो समूहले सन् २००९ देखि नाइजेरियामा इस्लामिक राज्यको माग गर्दै लडिरहेको छ ।
प्रकाशित मिति: 2014-09-18 03:23:38
प्रतिक्रिया: