विशेष अदालतको शाखा विस्तार गर्ने बारे न्यायपरिषदमा छलफल शुरु -
Admin
नेपाल ब्युरो– भदौ १६, काठमाडौ ।
न्यायपरिषदमा विशेष अदालतको शाखा विस्तार गर्ने बारे छलफल शुरु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच विकास क्षेत्रमै आफ्ना शाखाहरु विस्तार गरेपछि विषेश अदालतको पनि विस्तार गर्ने बारे न्यायपरिषदमा छलफल सुरु भएको हो ।
हिजो बसेको परिषद् बैठकमा क्षेत्रीय तहमा विषेश अदालतको विस्तार गर्ने सम्बन्धमा कुरा भएको परिषद सदस्य उपेन्द्र केशरी न्यौपानेले जानकारी दिनुभयो ।
अख्तियारले सरकारसंग पाँच विकास क्षेत्रमै विषेश अदालत पनि गठन हुनुपर्ने माग गरेको थियो । सरकारकै आग्रहमा परिषदले विषेश अदालत विस्तारबारे छलफल थालेको हो । परिषद बैठक बुधवार फेरी बस्ने छ ।
भ्रष्टाचार विरुद्धका मुद्दाको चाप बढ्दै गए पछि विषेश अदालतले पनि सर्वोच्च अदालतसंग केन्द्रमै थप न्यायाधीश र इजलासको माग गरेको थियो ।
विषेशमा अहिले ३ जना न्यायाधीशको एउटा मात्रै इजलास छ । यसैले देशभरका भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दा हेर्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरण विभागले दायर गरेका मुद्दा भने २ सय नाघिसकेका छन्।
प्रकाशित मिति: 2014-09-01 03:01:36
प्रतिक्रिया: