युक्रेनको जारी संघर्ष अन्त्य गर्न युक्रेन र रसीयाबीच छलफल
Admin / 2014-08-27 05:55:34
नेपाल ब्युरो– भदौ ११, एजेन्सी ।
युक्रेनमा चलिरहेको संघर्ष अन्त्यका लागि युक्रेन र रसीयाका राष्ट्रपतिबीच छलफल भएको छ ।
युक्रेन राष्ट्रपति पेट्रो पोरोसेन्को र रसीयाका राष्ट्रपति भ्लादमिर पुटिनबीच छलफल भएको हो ।
वार्तामा तुरुन्त आवश्यक कदम चाल्न दुवै पक्षले विभिन्न कुरामा छलफल गरेको बताइएको छ । वार्तामा पुटिन सकारात्मक देखिएको तर उनले केभको सरकार र पुर्वी भागमा रहेका केभ तथा पुर्वी क्षेत्रहरुमा मिलेर अगाडि बढ्न सुझाब दिएका छन् ।
युक्रेनमा भएको हिंसाले हालसम्म हजारौ मानिसहरुले ज्यान गुमाइसकेका छन् । युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले संसद् भंग गरी आम निर्वाचनको घोषणा गरेका थिए ।
अहिलेको संसद्मा पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिच समर्थक सांसदहरु रहेको भन्दै वर्तमान राष्ट्रपति पोरोसेन्काले संसद् भंग गरेको थिए ।
आगामी अक्टोबर २६ मा निर्वाचन हुने बताइएको छ । करिब ५ महिनादेखि युद्धमा फसेको युक्रेनमा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: 2014-08-27 05:55:34
प्रतिक्रिया: