स्ववियू नेतृत्वलाई काम गर्न रोक
Admin / 2014-08-25 03:13:26
नेपाल ब्युरो– भदौ ९, काठमाडौ ।
सर्वाच्च अदालतले स्ववियू नेतृत्वलाई काम गर्न रोक लगाएको छ ।
अधालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसका स्ववियू नेतृत्वलाई काम गर्न रोक लगाएको हो ।
०६५ सालमा निर्वाचित भएको नेतृत्वले अहिलेसम्म पनि काम गर्नु त्रिविकै नियमावली विपरित भएकोले अबदेखि स्ववियू पदाधिकारीलाई काम नगराउन त्रिविलाई अन्तरिम आदेश दिएको सर्वाच्चका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
छिटो स्ववियूको चुनाव र पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै अखिल छैंटौका महासचिव विमल पोखरेलले दायर गरेको रिटमा न्यायाधीश कल्याण श्रेष्ठ र देवेन्द्र गोपाल श्रेष्ठको ईजलाशले यस्तो आदेश जारी गरेको हो ।
२०६५ चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन भएको थियो । त्रिभुवन विश्वविद्यालयले नियमावली विपरीत २०६७ चैत ४ गते अर्को चुनाव नभएसम्मका लागि अनिश्चितकालीन स्ववियुको म्याद थप गरेको थियो । यो निर्णयका विरुद्धमा अखिल छैठौंका तर्फबाट २०७१ असार ३२ गते सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो ।
प्रकाशित मिति: 2014-08-25 03:13:26
प्रतिक्रिया: