एमाओवादि नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाको बैठक बस्दै
Admin / 2014-08-22 02:38:37
नेपाल ब्युरो– भदौ ६, काठमाडौ ।
संविधानका अन्तरबस्तुमा साझा धारणा तय गर्न एकीकृत नेकपा माओवादी नेतृत्वको संघिय गणतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ ।
बैठकख आपराह्न ३ बजे एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल निवस लाजिम्पाटमा बस्न लागिएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकमा संविधानका अन्तरबस्तुमा मोर्चाको साझा धारणा तय गर्ने विषयमा छलफल हुने भएको छ । मोर्चाले एकीकृत माओवादी र सरकारसँग भएको १२ बुँदे सम्झौता, मधेसवादी दल र सरकारसँग भएको २२ बुँदे र ८ बुँदे सम्झौता तथा अन्य सम्झौताका विषयमा पनि छलफल गर्ने भएको ।
सात पार्टी सम्मिलित मोर्चामा एकीकृत माओवादीसँगै मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतानित्रक पार्टी,सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, लोकतालन्त्रिक, तराई मधेस सद्भावना पार्टी र संघिय समाजवादी पार्टी सहभागी छन् ।
प्रकाशित मिति: 2014-08-22 02:38:37
प्रतिक्रिया: