क्रसर उद्योगको रोकावट तत्काल फिर्ता गर्न माग
Admin / 2014-08-20 06:49:49
नेपाल ब्युरो–भदौ ४, काठमाण्डौ ।
ट्रिपर तथा ट्रक व्यवसायीहरुले सरकारले क्रसर उद्योगमा लगाएको रोकावट तत्काल फिर्ता लिन माग गरेका छन् ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति काठमाडौं र बाग्मती ट्रिपर व्यवसायी संघ काभ्रेले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो ।
उनीहरुले तत्काल ढुंगा, गिट्टी, बालुवा उत्खननमा लगाएको रोकावट फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।
सरकारले क्रसर उद्योग बन्द गराएर आफूहरुलाई पेशाबाट विचलित बनाउन खोजेको व्यवसायीहरुको आरोप छ । महिना दिनदेखि चरणवद्ध रुपमा आन्दोलन गर्दा पनि सरकारले कुनै विकल्प नदिएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।
कायक्रममा राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारले निर्माण सामाग्रीमा रोक लगाएर सम्पूर्ण व्यवसायीहरुलाई घर न घाटको बनाएको आरोप लगाउँनुभयो ।
सरकारले तत्काल विकल्प नदिए सम्पूर्ण ढुवानीका यातायात नै सरकारलाई बुझाउने श्रेष्ठको भनाई थियो ।
त्यस्तै सरकारले निर्माण सामाग्रीमा रोक लगाएपछि ट्रिपर तथा ट्रक सबै बन्द गरेर बस्न बाध्य भएको बाग्मती ट्रिपर व्यवसायी संघ बनेपाका उपाध्यक्ष शेर बहादुर कुवँरले बताउनुभयो ।
प्रकाशित मिति: 2014-08-20 06:49:49
प्रतिक्रिया: