नेपाली कांग्रेसको विचार पदयात्रा आजपनि जारी
Admin / 2014-08-18 02:47:08
नेपाल ब्युरो– भदौ २, काठमाडौ ।
नेपाली कांग्रेसले हिजोबाट सुरु गरेको विचार पदयात्रा आज पनि जारी छ ।
पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मशताब्दीको अवसरमा हिजोदेखि सो पदयात्रा सुरु भएको हो ।
२००३ सालको विराटनगरको जुटमिल मजदुर आन्दोलनको क्रममा पक्राउ गरी विपी कोइराला, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणी प्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीलाई अड्डासार गर्दै मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलुढुंङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाडौ ल्याउँदाको मार्गमा पैदलै पुग्नेगरी यो अभियान गरिएको हो ।
विपीका राजनैतिक, आर्थिक, सामाजिक चिन्तन एवं विचारलाई जनस्तरसम्म पु¥याउने, विपीको सपना अनुसार भविष्यको नेपाल, भविष्यको समुन्नत नेपाल निर्माणको संकल्प दोर्होयाउदै विपी विचारको सान्दर्भिकतालाई थप स्पष्ट गर्ने, नयाँ पुस्तालाई नेपाली कांग्रेस र विपीको योगदान र महत्ववारे जानकारी गराउने तथा समयमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न अनुकुल वातावरण बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ जिल्लाका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-18 02:47:08
प्रतिक्रिया: