श्रीकृष्ण जन्माष्टमी आज मनाइदै
Admin / 2014-08-17 02:23:01
नेपाल ब्युरो– भदौ १, काठमाडौँ ।
हिन्दु धर्मालम्बीहरुले आज श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको श्रद्धापुर्वक पुजा आरधना गरी मनाइरहेका छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्णाष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
मुलुकभरका कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानव जातीको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको छ ।
प्रकाशित मिति: 2014-08-17 02:23:01
प्रतिक्रिया: