काठमाडौं (भदौ १) ।
तामाङ सन्चारकर्मीले आज २०औं तामाङ प्रसारण दिवस मनाईरहेका छन ।सरकारद्वारा संचालित रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवशको रुपमा मनाउदै आएका छन। दिवसको अवसरमा तामाङ सञ्चारकर्मीहरुको संस्था तामाङ सञ्चार समूहको केन्द्रीय समिति र जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन ।
सञ्चार समूह केन्द्रीय कार्यसमितिले नेपाल
प्रज्ञाप्रतिष्ठान कमलादीमा तामाङ मिडिया अवार्ड वितरण कार्यक्रम गर्दैछ । बिहान ११
बजेपछि सुरु हुने कार्यक्रममा राजधानीबाट एकजना र मोफोसलमा रहेर पत्रकारिता गर्ने एकजना
पत्रकारलाई अवार्ड प्रदान गरिने समूहका महासचिव विष्णु मोक्तानले जानकारी दिए । उनका
अनुसार सञ्चार समूहले सगरमाथा टेलिभिजनमा कार्यरत रोजिना लामा र दोलखाका पत्रकार जीवन
लामालाई मिडिया अवार्ड प्रदान गर्नेछ ।
२०५१ साल भदौ १ गतेका दिन पहिलोपटक रेडियो
नेपाल क्षेत्रिय प्रसारण केन्द्र, काठमाण्डौबाट पांच मिनेटको तामाङ भाषाको समाचार प्रसारण
गरिएको थियो ।