भट्टराई कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजे : सापकोटा
Admin / 2014-05-14 05:08:29
नेपाल व्युरो- बैशाख ३१, काठमाडौ । एकीकृत माओवादीका नेता अग्नि सापकोटाले नेता डा.बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाउनुभएको छ ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै सापकोटाले नेता भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेर कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले आफूहरु कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ भनेर लागेपनि भट्टराई सहितका केही नेताहरु भने कम्युनिष्ट धारबाट नै भाग्न थालेको वताउनुभयो ।
एकीकृत माओवादीको विराटनगर सम्मेलनले पार्टी सभिर्सिङ भइसकेको दाबी गर्दै उहाँले अब पार्टी नयाँ ढंगबाट अगाडि बढ्ने बताउनुभयो ।
सापकोटाले वैद्य नेतृत्वको नेकपा–माओवादीले पार्टी विभाजन गलत भएको महशुस गरिसकेकाले अब पार्टी एकीकरण गरेर मिलेर अघि वढ्ने वताउनुभयो ।
उहाँले संगठनमा जनवादी केन्द्रीयता लागू गर्न नसक्दा अहिले पार्टीमा समस्या आएको भन्दै पार्टी सकेसम्म विभाज भने हुन नदिने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: 2014-05-14 05:08:29
प्रतिक्रिया: