खेलकूद

आत्मबिश्वास बलियो बनाएर फर्कियो युवा टोली


Admin / 2014-07-22 00:47:51


श्रावण ६ - नेपालले कुनै पनि तहको कोरियाली टिमविरुद्ध बराबरी नतिजा निकाल्नु चानचुने कुरा होइन । दुई साताको प्रशिक्षण र मैत्रीपूर्ण खेलमा यस्तै अनुभव बटुल्दै आत्मविश्वासी बनेर नेपाली यू-१६ टिम सोमबार स्वदेश फर्किएको छ ।

नेपाली किशोर टिमले कोरियाली टिमको प्रशिक्षण गर्ने पाजु नेसनल ट्रेनिङ सेन्टरमा दुई साता प्रशिक्षण गरेको थियो । दुई महिनापछि थाइल्यान्डमा हुने एएफसी यू-१६ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मैत्रीपूर्ण खेलमा कोरियाको यू-१६ टिमसँग शनिबार गोलरहित बराबरी नतिजा निकालेको थियो । पहिलो रोजाइका डिफेन्डरद्वय सुदन थापा र गौरव मगर, मिडफिल्डर हेमन्त थापामगर र फरवार्ड अञ्जन विष्ट घाइते भएकाले कोरियाविरुद्ध मैदानबाहिरै थिए ।

'युरोपियन क्लबको एकेडेमीमा आबद्ध खेलाडी पनि कोरियाको यू-१६ राष्ट्रिय टिममा थिए,' नेपाल यू-१६ का प्रशिक्षक बालगोपाल महर्जनले भने, 'उनीहरू स्किलफुल भएकाले हामीले रक्षापंक्तिमा जोड दिएर अगाडि बढ्ने रणनीति अँगालेका थियौं, जुन सफल भयो ।' त्यसअघि नेपालले दुई स्थानीय स्कुलका युवा टिमविरुद्ध पनि मैत्री खेल खेलेको थियो ।

अनन्त तामाङ र संजोग राईको गोल सहयोगमा नेपालले बोइन हाईस्कुलविरुद्ध २-२ को बराबरी खेल्यो । त्यसपछि नेउङगोक हाईस्कुलविरुद्ध दिनेश राजवंशीले गोल गरेपछि नेपाल यू-१६ ले १-० को जित निकालेको थियो । '१७/१८ वर्षका खेलाडी रहेका दुवै प्रतिद्वन्द्वी राम्रा थिए,' प्रशिक्षक महर्जनले भने, 'तर, हामीले राम्रो खेल्यौं । खेल हाम्रै नियन्त्रणमा थियो । सबैले मिहिनेत गरेर

खेले । त्यसैले नतिजा सोचेजस्तै भयो । यसले हाम्रो आत्मविश्वास र स्तरवृद्धि गरेको छ ।'

राम्रो सुविधामा निरन्तर प्रशिक्षण गर्ने र प्रतिस्पर्धा गर्ने अवसरले टिमको स्तर वृद्धि भइरहेको उल्लेख गर्दै महर्जनले भने, 'यस्तो तयारी निरन्तर गरेमा जुनसुकै बलिया टिमलाई पनि चुनौती दिन सक्छौं ।' टिममा अझै सुधार गर्ने ठाउँ भएको पनि उनले बताए । एएफसी यू-१६ तयारीको सिलसिलामै नेपाली टिम अब १० दिनका लागि कतार र त्यसपछि बेल्जियम जाने बताइएको छ ।

सेप्टेम्बर ६ देखि थाइल्यान्डमा हुने एएफसी यू-१६ च्याम्पियनसिपमा नेपालले समूह 'सी' मा उज्वेकिस्तान, कुवेत र उत्तर कोरियाविरुद्ध खेल्नेछ । नेपालले छनोट चरणमा इराक, बहराइन र तुर्कमेनिस्तानलाई पन्छाउँदै एएफसी यू-१६ मा दोस्रोपल्ट फाइनल चरणको यात्रा तय गरेको हो ।

प्रकाशित मिति: 2014-07-22 00:47:51
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing