प्लेयर अफ दि इयरको लागि१० खेलाडि मनोनित
Admin / 2014-07-19 07:04:24
नेपाल ब्युरो–साउन ३,काठमाडौँ ।
युनियन अफ युरोपियन फुटबल एशोसिएसन यूईएफएले २०१३ / १४ को प्लेयर अफ दि इयरको मनोनयनमा परेका १० खेलाडिको नाम सार्वजनिक गरेको छ ।
जसमा युरोपियन च्याम्पियन रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसँगै लिओनल मेस्सी यूईएफए प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् ।
युरोपियन च्याम्पियन रियल मड्रिडका रोनाल्डोसँगै एन्जल डी मारिया छन् भने बासिर्लोनाका मेस्सीसँगै हालै मात्र क्लबमा आवद्ध भएका लुइस स्वरेज पनि मनोनयनमा परेका छन् ।
एट्लेटिको मड्रिडबाट हालै चेल्सी गएका डिएगो कोष्टा पनि मनोनयनमा परेका छन् । यस्तै बार्यन म्युनिखका आर्जेन रोबिनसँगै फिलिप लाहम, थोमर मुलर र गोलरक्षक नुयुर पनि छन् । मोनाकोका जेम्स रोड्रिग्वेज पनि प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् ।
उता एट्लेटिको मड्रिडका डिफेन्डर फिलिप लुईस ईङगिलश क्लब चेल्सीमा अनुबन्धीत भएका छन् ।
२८ बर्षिय फिलिप १ करोड ५८ लाख पाउण्डमा ३ बर्षका लागि चेल्सीमा अनुबन्ध भएका हुन् । एट्लेटिकोले अन्तिम सिजनको लिग जित्दा तथा च्याम्न्सि लिगको फाईनलसम्म पुग्दा फिलिपले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फिलिपसंगै चेल्सीले यो सिजन ४ नयाँ खेलाडी अनुबन्ध गरेको छ ।
प्रकाशित मिति: 2014-07-19 07:04:24
प्रतिक्रिया: