लाईफ ईन दी यु के
Admin / 2014-07-17 20:44:16
-फडिन्द्र भट्टराई
८ वर्षअघि लण्डन छिरेका रामराजाले तीन वर्ष पहिले नै यहाँको आइएलआर (पीआर) लिइसकेका हुन् । सन २००० मा बेलायत सरकारले वर्क परमिटको ढोका खोलेसँगै दुबईबाट यतातिर रेस्टुरेन्टको कुक भिषा निकालेर काम गर्दै आएका उनी समयान्तरसँगै नेपालमा रहेका उनका परिवारका सदस्यलाई पनि डिपेण्डेण्ट भिषामा यतै बोलाए । हुर्के बढेका छोरा, छोरी र श्रीमतीको साथमा बेलायतमा जीवन गुजारिरहेका उनको अहिलेको चटारो एउटै छ, श्रीमतीलाई अंग्रेजी भाषा परीक्षा पास गराउने । यहाँको परिवर्तित नियमसँगै आइएलआर लिनको लागि लाइफ इन द युके नामको टेस्ट दिन अनिवार्य गरिएको छ, जसको विषयवस्तुमा बेलायतको जीवनसम्बन्धी जानकारीका प्रश्नहरु समेटिएको परीक्षा पास गर्नु पर्ने हुन्छ । अप्ठ्यारो कोर्ष भन्दा पनि अंग्रेजीको राम्रै ज्ञानको आवश्यक पर्छ, यो उत्तीर्ण हुनको लागि । रेस्टुरेन्टमा काम सिकेर त्यही पेशा अँगाल्दै आएका कतिपयमा पढाइ लेखाइको कमिले गर्दा अनिवार्य बनाइएको यो टेस्ट निल्नु न ओकेल्नुसरह भएको छ भने खास गरेर उनीहरुका श्रीमतीहरु यो चपेटाबाट पिरोलिएका छन् । माथिका रामराजा जस्तै आप्mनो समस्या येनकेन पार लागेको केटाकेटीको आवश्यक नपर्ने तर श्रीमतीको पिरलोले यता न उताको अवस्था सृजना भइरहेका नेपालीहरु प्रशस्तै छन्, अहिले बेलायतमा । उसो त नागरिकता लिन चाहनेहरुको लागि पनि यसका अलावा इसोल बि वन नामको अर्को जाँच दिन अनिवार्य गरिएको छ ।
बेलायती जीवनशैली अपनाउँदै समाजमा घुलमिल हुनको लागि अंग्रेजी भाषाको निश्चित ज्ञान हुनुपर्ने कुरामा जोड दिँदै यस्तो व्यवस्था गरिएसँगै नेपाली मात्र नभएर अन्य देशका आप्रवासीहरुले पनि यहि समस्या झेल्दै आइरहेका छन् । विगतका केही वर्ष यता विभिन्न चरणमा गाह्रो बनाउँदै लगिएको यो परिपाटी आगामी दिनमा अझै अप्ठ्यारो बन्ने पक्का छ । समग्रमा ७० प्रतिशत पासरेट भएको बताइए पनि न्युजिल्याण्ड, क्यानाडा, अस्ट्रेलिया जस्ता अंग्रेजी आप्mनो मातृभाषा हुनेहरु पनि यो आँकडामा परेकाले त्यस्तो देखिएको हो । नेपाल, इंडिया, बंगलादेश, अफगानिस्तानजस्ता देशका मान्छेको सवालमा पास दर ५० प्रतिशत भन्दा पनि कम छ । अर्कोतिर पास हुनको लागि कम से कम ७५ प्रतिशत अंक ल्याउनु सबैको लागि चुनौती होइन भन्न सकिँदैन । २००५ मा शुरु गरिएको यो प्रणालीमा शुरुको ५ वर्षमै करिब दश लाख परीक्षार्थी सहभागीमध्ये अढाइ लाख भन्दा बढी अनुत्तीर्ण भएका थिए । पहिला निगरिकता लिनेहरुको लागि मात्र अनिवार्य गरिएको यो टेस्ट पछि २००७ मा सेटलमेन्टको लागि समेत आवश्यक बनाइएको थियो । यसैगरी अर्कोतिर विद्यार्थीहरुको भिषा थप गर्नको लागि पनि एक खालको भाषा परीक्षा उत्तीर्ण गर्नु आवश्यक गरिएको छ । सोही भाषा परीक्षाको सवाललाई लिएर कलेजहरु माथिको कारवाही शुरु गरेको अवस्था छ भने कलेजहरुले होम अफिसको अनावश्यक लान्छना बताइरहँदा चपेटामा विद्यार्थीहरु नै पर्न सक्ने देखिन्छ ।
एकातिर गैर कानुनी तरिकाले कोर्षको पढाइ सञ्चालनको नाममा कक्षा सञ्चालन बिनै जाँच दिलाउने परीक्षा सेन्टरहरुमा विभिन्न गिरोहहरुले विभिन्न तरिकाले पैसा लिँदै जाँचमा सघाएर पास गराउने कुराको पटक पटक पर्दाफासपछि सरकारले यसलाई दिनानुदिन सुधार गर्दै ठगी प्रकरणलाई झन्डै निरुत्साहित गरिसकेको छ भने अर्कोतिर पढेर पास गर्ने नसक्नेहरुको लागि यो विषय एक सास्ती बन्दै गएको छ । नखाउँ भने दिन भरिको शिकार भने जस्तै वर्षौंसम्मको संघर्षपछि स्थायी रुपमा बस्न पाइने अधिकार लिनको लागि अब बुढेसकालमा अंग्रेजी पढ्न शुरु गर्नु वा स्थायी बसोबासको आशा त्याग गर्नु भन्ने कुराको दोसाँधमा उभिएकहरु पनि धेरै छन् युकेमा ।
“कसलाई भनेर के हुन्छ र आप्mनो लडाई आफैँ लड्दै छु, मैले त जेनतेन पास गरेँ बूढीलाई पास गराउन सकिएन”, उनै रामराजाले आप्mनो दुःखको पोको खोले । “अब यो जाँच पास गराउन नसक्ने हो भने आफू र छोरा छोरी एकातिर, श्रीमती अर्कोतिर हुनुपर्ने समय नआउला कसरी भन्ने”, उनी थप्छन्, “यस्तो कठिनता भोग्नेहरूको संख्या अधिक रहेको परिप्रेक्ष्यमा उनलाई यो समस्याका एक प्रतिनिधि पात्र मात्र मान्न सकिन्छ । आप्mनो असक्षमता प्रकट गर्दा प्रतिष्ठामा आँच आउने ठानेर पनि समस्याको कुटीरो आफूभित्रै गुम्स्याउने मान्छेहरू धेरै भेटिन्छन् । केही नेपालीहरुबाटै सञ्चालित कलेज तथा अन्य व्यवसायिक संस्थानहरुमा यस्ता भाषा कक्षा र परीक्षा केन्द्रहरु सञ्चालनमा आएका छन्, जुन शिकारुहरुको लागि भाषागत रुपमा सहजताको विषय बनेको छ । अप्ठ्यारोमा गुज्रेकाहरुले यी संस्थानहरुमा सम्पर्क गर्नु विवेकपूर्ण हुनेछ ।
वास्तवमा कुरा परीक्षाको मात्र होइन, जुन देशमा आफू स्थायी रुपमा बसोबास गरिएको छ, त्यही देशको भाषामा बोलीचालीको क्षमता राख्नु अपरिहार्य कुरा हो । यस सवालमा भाषा सिकारुहरुको आप्mनै इच्छाशक्ति र लगाव बिना यो अप्ठ्यारोबाट मुक्ति पाउन सकिँदैन । सामान्य काममा समेत छोराछोरी अथवा अरु कसैलाई दोभाषे बनाउनु पर्दाको पीडाले पीडक आफैँलाई हिनताबोध गराउँछ । पढालेखा, दिग्गज र विद्वान नेपालीहरुको बाक्लै उपस्थिति रहेको बेलायतमा अंग्रेजी भाषामा दखल नहुँदा दैनिक जीवनयापनमा समेत दुःख झेलिरहेका नेपालीहरुको जमात पनि ठूलै छ । सामान्य भाषामा बोलीचाली समेत गर्न नसक्दा दिनचर्यामा आइपर्ने कामकाज चलाउन मुस्किल झेलिरहेछन् उनीहरु । चाहे त्यो हस्पिटलमा डाक्टरसँग कुरा गर्नु पर्दा होस् अथवा केटाकेटीको स्कुलमा, ठूलै सास्ती भोग्नु सिवाय विकल्प रहँदैन ।
सेवा निवृत्त गोर्खालीहरुको आन्दोलन पश्चात् सन् २००४ मा बेलायतमा स्थायी बसोबास गर्न पाउने प्रावधानसँगै नेपालबाट हजारौँ अवकाश प्राप्त लाहुरे नेपाली र तिनका परिवारको ओइरो लागेको थियो । सेनामा कार्यरत भएकाहरुलाई भाषागत दक्षता रहे पनि उनीहरुका परिवार खासगरी श्रीमतीहरु यो भाषा चपेटामा परेको देखिन्छ । सामाजिक सेवास्वरुप नेपालीहरुद्वारा नै यो समूहलाई लक्षित गरेर अंग्रेजी भाषा कक्षा सञ्चालन गरिएको भए पनि त्यसको प्रभावकारिता र विस्तारको खाँचो देखिन्छ । आप्रवासीहरु अंग्रेजी बोल्न सिकेर समाजमा घुलमिल हुन् सकून् भन्ने बेलायत सरकार र स्थानीयहरुको चाहनालाई सकारात्मक रुपमा लिनु पर्ने देखिन्छ । बग्रेल्ती खुलेका नेपालीहरुका विभिन्न सामाजिक संघसंस्थाहरुले पनि आप्mनो समुदायले भोगिरहेको यो सामान्य लाग्ने गहिरो समस्याप्रति ध्यान दिनु आवश्यक रहेको छ ।
प्रकाशित मिति: 2014-07-17 20:44:16
प्रतिक्रिया: