चुरेभावरका न्यौपाने र मैनालीबीच एकता
Admin / 2014-07-10 07:34:21
नेपाल ब्युरो– असार २६, काठमाडौँ ।
केशवप्रसाद मैनाली नेतृत्वको चुरेभावर राष्ट्रिय पार्टी र बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरेभावर राष्ट्रिय एकता पार्टीबीच एकता भएको छ ।
विभाजनको झन्डै चार वर्षपछि दुई चुरे भावर पार्टीबीच पुनः एकता भएको हो ।
आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मैनाली र न्यौपानेले चुरे तथा भावर क्षेत्रका जनताको चाहना र भावनालाई कदर गर्दै आफूहरुबीच पुनः एकता कायम गरिएको बताउनुभयो ।
दुई पार्टीबीच एकता भएपनि पार्टीको नाम भने ‘चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल’ नै नामाकरण गरिएको छ ।
यस्तै, पार्टीको अध्यक्षको जिम्मेवारी बद्रीप्रसाद न्यौपानेले सम्हाल्नुहुने छ । २०६४ सालमा स्थापना भएको चुरेभावर पार्टी स्थापना पछिको ४ वर्षमै विभाजन भएको थियो ।
प्रकाशित मिति: 2014-07-10 07:34:21
प्रतिक्रिया: