घरेलु हिंसा बिरुद्द अदालतमा
Admin / 2014-07-07 23:05:25
सप्तरी, २४ असार । छोरी जन्मेको झुटो दोषमा घरेलुहिंसा सहन बाध्य सप्तरीको ठेलिया–७ गोरपारकी १८ वर्षीया मनिता कुमारी खङ्गले सोमबार जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गरेकी छन् ।मनिताले पति देवनारायण, ससुरा लक्ष्मण, सासू सरस्वती र जेठाजु सुरजा खङ्गबाट घरेलु हिंसा भएको भन्दै मुद्दा दर्ता गरेकी हुन् ।
पीडितको निवेदनमा छोरी जन्मेको दोष दिँदै आरोपितहरुले थप दाइजो मागी गालीगलौज र कुटपिट गर्ने गरेको उल्लेख गरेकी छन् । आरोपित पतिले नागरिकता र विवाह दर्ता बनाई नदिएपछि बालिका छोरीको जन्मदर्ता बनाउन गत असार ७ गते गाविस कार्यालय जाँदा आरोपितहरुले छोरी खोसी घरनिकाला गरेको बताइन् ।
उनले आरोपितमाथि घरेलु हिंसाअन्तर्गत कारबाहीको माग गर्दै दिएको उजुरीमा सात महिनाकी दुधेबालिका छोरी र मासिक रु सात हजार खर्च उपलब्ध गराउन अदालतसमक्ष आग्रह गरेकी छन् । सामाजिक परम्पराअनुसार २०६९ वैशाख १८ गते विवाहित पीडितको सात महिनाकी छोरी हाल देवनारायणसँग छ । घरबाट निकालिएपछि गत असार ७ गतेदेखि पीडित भने लोहजरा–८ स्थित माइतीमा बस्दै आएकी छन् ।
प्रकाशित मिति: 2014-07-07 23:05:25
प्रतिक्रिया: