नेपाल समाचार

एमाले महाधिबेशन:खोई ३३ प्रतिशत महिला प्रतिनिधि?


Admin / 2014-07-04 04:37:24


कालिका खड्का
काठमाडौँ, २० असार । नेकपा (एमाले)ले आफ्नो पार्टीको घोषणापत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनेर लेखे पनि नवौँ राष्ट्रिय महाधिवेशनमा सो प्रतिशत महिला प्रतिनिधि पुग्न सकेका छैनन् ।
एमालेमा लगभग दुई लाख ६५ हजार पार्टी सङ्गठित कार्यकर्ता छन् । नवौँ महाधिवेशनमा दुई हजार १८२ प्रतिनिधि छन् । त्यसमध्ये महिला प्रतिनिधि ३४१ मात्र रहेका छन् । दुई हजार १८२ प्रतिनिधिमा पाँच प्रतिशत मनोनयन गर्न बाँकी छ । मनोनयन गर्दा महिला प्रतिनिधिको सङ्ख्या लगभग ४०० हुन्छ । त्यो भनेको १८ प्रतिशत मात्रै हो ।
“पार्टीमा माथिल्लोस्तरमा मात्र हैन, तल्लोस्तरदेखि नै महिला सङ्गठित सदस्य वृद्धि गर्नु जरुरी छ”–पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीले भन्नुभयो–“पार्टीमा महिला सहभागिता वृद्धि गर्न एमालले प्रयास गरिँदै आइरहेको छ ।”
“गाउँस्तरदेखि नै ५० प्रतिशत महिला ल्याउन सकिएको भए स्वाभाविक रुपमा महिला प्रतिनिधिको सङ्ख्या पनि बढ्ने थियो”–उहाँले थप्नुभयो–“महाधिवेशनमा पदाधिकारीसहित ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गरिरहेका छौँ ।”
बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको एमाले महाधिवेशनका उपाध्यक्षकी उम्मेदवारसमेत रहनुभएकी नेत्री भण्डारीले भन्नुभयो–“महिलासहितको पदाधिकारी र कार्यसमिति हुनुपर्छ भन्ने अखिल नेपाल महिला सङ्घले (अनेमसङ्घले) अवधारणापत्र पनि तयार गरेको छ, पदाधिकारीसहित केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला पु¥याउन पहल गरिरहेका छाँै ।”
अनेम सङ्घका अध्यक्षसमेत रहनुभएकी नेत्री भण्डारीले महाधिवेशनका अवसरमा महिला हिंसा अन्त्य गर्न पार्टी र जनसङ्गठनमा आचारसंहिता, स्थानीय निकायमा पदाधिकारीसहित ५० प्रतिशत महिला र महिलामैत्री संरचना निर्माण गर्नुपर्ने गरी तीनवटा एजेन्डालाई अनेमसङ्घले अगाडि सारेको छ भन्नुभयो ।
“पदाधिकारीसहित केन्द्रीय कमिटीमा भएका महिलाले पार्टीले प्रतिबद्धता जनाएअनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर कुरा उठाइरहेका छौँ”–पार्टीका पोलिटब्युरो सदस्य तथा महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार अष्टलक्ष्मी शाक्यले भन्नुभयो–“प्रतिनिधि चयनमा त ३३ प्रतिशत महिला पुग्न सकेन, पार्टीमा पुग्ने सम्भावना झन् न्यून छ, तैपनि प्रयास जारी राखेका छौँ ।”
“नवौँ महाधिवेशनमा ३३ प्रतिशत प्रतिनिधिसमेत ल्याउन सकिएन, पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला ल्याउन सकिने सम्भावना एकदम न्यून छ”–उहाँले थप्नुभयो–“आगामी दसौँ महाधिवेशनका लागि तल्लो निकायदेखि महिला सहभागिता वृद्धि गर्नुपर्छ ।”
“पार्टीमा महिला सहभागिताको वृद्धि नभएसम्म मुुलुकको विकास सम्भव छैन, ५१ प्रतिशत महिला भएको मुलुकमा नेतृत्व तहमा महिला एकदम कम छन्, सबै महिला एकताबद्ध भएर महाधिवेशनमा महिलाका एजेन्डा उठाउँछौँ”–उहाँले महाधिवेशनका लागि महिलाको अवधारणासमेत तयार भएको जानकारी दिनुभयो ।
अनेमसङ्घले जारी गरेको महिला अवधारणपत्रमा पार्टीमा महिला हिंसा समाज निर्माण गर्नुपर्ने, पार्टीमा महिला सहभागिता वृद्धिका लागि महिलामैत्री लोकतान्त्रिक अभ्यास गर्नुपर्ने, स्थानीय निकायदेखि नै ५० प्रतिशत महिला–पुरुष समान रुपमा सङ्गठनमा नेतृत्व गर्ने अवसर दिनुपर्ने, नवौँ महाधिवेशनबाट पदाधिकारीसहित ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने माग समेटिएका छन् । 
रासस
प्रकाशित मिति: 2014-07-04 04:37:24
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing