नीति तथा कार्यक्रममाथि काग्रेसको समीक्षा आज पनि जारी
Admin / 2014-07-03 03:10:42
नेपाल ब्युरो– असार १९, काठमाडौँ ।
नेपाली काग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा आज पनि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि समीक्षा जारी छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि जारी बैठकमा सरकारको नीति तथा कायक्रमप्रति हिजो धारणा राख्न बाँकी सदस्यहरुले धारण राखिरहेको कांग्रेसले जनाएको छ । २५ जना सदस्यहरुले आफ्नो धारणा राख्न बाँकी रहेको जनाउँदै काग्रेसले आजै बैठक सकिने पनि बताएको छ ।
यसअघिको बैठकमा केन्द्रीय सदस्य तथा सभासदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमले गणेशमान र बीपीसँग जोडिएका राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो गरेका थिए ।
गरिबसँग विश्वेश्वर, गणेमान शान्ति अभियान जस्ता महत्वपूर्ण कार्यक्रम नीतिमा नसमेटिएको भन्दै अधिकांस सभासदहरुले गुनासो गरेका हुन् । बैठकमा सभासदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैंया विनियोजन गर्न पनि दवाव दिएका छन् ।
प्रकाशित मिति: 2014-07-03 03:10:42
प्रतिक्रिया: