एक दम्पतीले आफ्नै घरमा आगो लगाएइ आत्महत्या गरे
Admin / 2014-07-02 05:54:30
नेपाल ब्युरो–असार १८, प्युठान ।
एक दम्पतीले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन् ।
प्युठान जिल्लाको सारी गाविस–३ कोलाम्पामा घरायसी विवाद हुँदा आगो लगाई दम्पतिले आत्महत्या गरेका हुन् ।
५४ वर्षिय शिवराम राउत र ५० वर्षिय उनकी श्रीमती छुमा राउतले एक आपसको विवादका कारण घरमा आगो लगाई घरभित्र नै झुन्डिएर आत्महत्या गरेको प्युठान जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही वर्षदेखि छुमाको मानसिक सन्तुलन असामान्य भएको र शिवरामले धेरै मदिरा सेवन गर्ने गरेको स्थानीयबासीले बताएका छन् ।
घरमा आगो लागेपछि आगो निभाउने क्रममा त्यहाँका स्थानीयले दम्पतीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म घरायसी विवादको कारण घटना भएको पाइएको बताउँनुभयो ।
राउत दम्पतीका छोरा मैते राउत रोजगारीको सिलसिलामा भारतमा छन् । राउत दम्पतिका बुहारी मिनी भने छोरासहित माइत गएकी थिइन् ।
प्रकाशित मिति: 2014-07-02 05:54:30
प्रतिक्रिया: