जापानी सेनाले मुलुक बाहिर पनि आक्रमण गर्न जान सक्ने
एजेन्सीहरु / 2014-07-01 08:51:51
टोक्यो,जापान।
जापानको मन्त्रिपरिषदले रक्षा नीतिमा महत्वपूर्ण परिवर्तनको पक्षमा स्वीकृति प्रदान गरेको छ । यो स्वीकृतिसँगै जापानी सेना अब आक्रमणका लागि मुलुकबाहिर पनि जान सक्ने छन् ।
विद्यमान कानुन अनुसार आत्मरक्षाका लागि बाहेक द्वन्द्व समाधानका लागि विदेशी भूमिमा गएर जापानी सेना प्रयोग गर्न रोक लगाइएको छ । तर, कानुनको नयाँ व्याख्याअनुसार अब आफ्ना सहयोगी मुलकको रक्षाका लागि जापानी सेना सामूहिक आत्मरक्षा प्रणालीमार्फत् परिचान गर्न अनुमति दिइने छ ।
जापानमा रक्षा मामिलाको सन्दर्भमा परिर्वतन आवश्यक भएको भन्दै प्रधानमन्त्री शिन्जो आबेमाथि दबाब रहेको थियो । मन्त्रिपरिषद्को आजको निर्णयलाई जापानी संसदले भने पारित गर्न बाँकी नै छ । रक्षा नीतिको परिवर्तनको विरोधमा जापानभित्रै पनि व्यापक विरोध भएको छ ।
यो कदमबाट उसको दशकौं लामो रक्षा सहयोगी अमेरिका खुशी देखिएपनि छिमेकी चीनलाई यसले थप चिढ्याउने विश्लेषण गरिएको छ । दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेपछि जापानले अर्को मुलुकमा सेना परिचालन नगर्ने शान्तिकामी संविधान अंगीकार गरेको थियो । (एजेन्सी)
प्रकाशित मिति: 2014-07-01 08:51:51
प्रतिक्रिया: