संयुक्त मोर्चा बनाउने विषयमा आज छलफल
Admin / 2014-06-26 03:46:59
नेपाल ब्युरो– असार १२, काठमाडौँ ।
माओ विचारका कम्युनिष्टहरुले संयुक्त मोर्चा बनाउने विषयमा आज छलफल गर्ने भएका छन् ।
एकीकृत नेकपा माओवादी,वैद्य नेतृत्वको नेकपा–माओवादीसहित पाँच वटा कम्युनिष्ट पार्टीबीच कार्यगत एकताका लागि छलफल हुँन लागेको हो । आज साँझ हुने छलफलमा मोर्चाको नाम र नेतृत्वको विषयमा छलफल हुने बताइएको छ ।
यसअघि तयार गरिएको कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर अन्तिम टुङ्गो लगाइनेछ । एकीकृत माओवादी र नेकपा–माओवादीसहित मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पाटी र नेकपा एकीकृतसहितको मोर्चा बनाउने तयारी छ ।
कार्यदलका एक सदस्य नेकपा–माओवादीका सचिव देव गुरुङले मोर्चा गठनसँगै सहकार्यको सीमा, क्षेत्र र कार्यक्रमका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो ।
डिल्लीबजारमा बस्ने बैठकमा समितिले कार्यगत एकताको नाम, यसको नेतृत्व, उद्देश्य र त्यसपछि कसरी काम गर्ने भन्नेबारे प्रतिवेदन तयार पारेको सचिव गुरुङको भनाई छ ।
प्रकाशित मिति: 2014-06-26 03:46:59
प्रतिक्रिया: