विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुँदै
Admin / 2014-06-25 04:21:30
नेपाल ब्युरो–असार ११, एजेन्सी ।
जारी विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुँदैछ ।
आज राति पौने १० बजे हुने खेलमा अर्जेन्टिना र नाइजेरिया तथा बोस्निया हर्जगोभिनाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्री–क्वाटर फाइनल प्रवेश गरिसकेको अर्जेन्टिनालाई पाखा लगाउँदै नाइजेरिया पनि अन्तिम १६ मा स्थान बनाउने लक्ष्य सहित आज मैदनमा उत्रिनेछ । नाइजेरिया समूह एफको दोस्रो स्थानमा ४ अंक सहित छ ।
आजै हुने अर्को खेलमा इरानले बोस्निया हर्जगोभिनालाई पराजित गरी गोल अन्तरमा नाइजेरिया भन्दा अगाडि गए अन्तिम १६ को बाटो इरानका लागि खुल्ला हुनेछ । त्यसैले पनि नाइजेरिया र इरान दुबैलाई आज उत्तिकै दबाब छ ।
आजै राति हुने अर्को खेलमा इक्वेडर र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्स यसअघि नै प्री–क्वाटरफाइनल पुगिसकेको छ । भने आज फ्रान्सलाई पराजित गरे इक्वेडर पनि अन्तिम १६ पुग्नेछ ।
प्रकाशित मिति: 2014-06-25 04:21:30
प्रतिक्रिया: