संसदमा आज पनि प्रि–बजेटबारे छलफल
Admin / 2014-06-18 03:37:59
नेपाल ब्युरो–असार ४, काठमाडौँ ।
व्यवस्थापिका संसदको बैठकमा एकसाता अघिदेखि चलिरहेको नयाँ आर्थिक बर्षको बजेट बारेको छलफल आज पनि जारी रहने भएको छ ।
बैठक दिउँसो ३ बजेका लागि बोलाईएको छ । नयाँ बजेटमा समेट्नुपर्ने विषयवस्तु र त्यसको प्राथमिकता बारे सभासद्हरुले धारणा राखिरहेका छन् । कृषि, उर्जा, पर्यटन जस्ता क्षेत्रको पुर्वाधार विकाश गरि आर्थिक बृद्धि तर्फ अग्रसर हुने खालको कार्यक्रम नयाँ बजेटमा समेट्नुपर्ने अधिकांश सभासद्हरुको धारणा छ ।
नेपाली काङग्रेसका सभासद् रामहरि खतिवडाले भने संसदमा सभासद्हरले राखेका सुझावलाई नयाँ बजेटमा जसरी पनि समावेश गर्नुपर्ने बताउनु भएको छ ।
सभासद्हरुले राखेका विचारलाई समान्य रुपमा बुझेर बेवास्ता गरिए, त्यसको कुनै अर्थ नहुने भन्दै अर्थमन्त्रीले गम्भिर भएर सभासद्हरुले राखेका अधिकतम धारणा र सुझावलाई प्राथमिकतासाथ समेट्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रकाशित मिति: 2014-06-18 03:37:59
प्रतिक्रिया: