तीन सय ३१ स्कुल एसएलसिमा सुन्य गयो।
Admin / 2014-06-15 08:38:08
काठमाडौँ, १ असार । यस वर्षको प्रवेशिका परीक्षामा देशभरका तीन सय ३१ विद्यालयले एक जना पनि विद्यार्थी उत्रिर्ण गराउन सकेनन् । निजी विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको अवस्थामा सरकारी र सामुदायिक विद्यालयले भने सोचे जस्तो परिणाम ल्याउन नसकेका हुन् । परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारेका अनुसार सबभन्दा बढी पाँचथरमा २३ विद्यालयको नतिजा शून्य देखिएको छ ।
शिक्षा पत्रकार समूहद्धारा आज राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नियन्त्रक द्वारेले दिनुभएको जानकारीअनुसार मोरङमा १२, उदयपुरमा १३, काठमाडौमा एक, सूर्खेतमा १०, बाजुरामा ११ विद्यालयको नतिजा शुन्य आएको छ । त्यस्तै अछाममा १७, डोटीमा १४, इलाममा १५, खोटाङमा ११, सप्तरीमा ११ र बाँकेमा १० विद्यालयको नजिता पनि शून्य छ । उहाँले शिक्षकले पढाउने र विद्यार्थीले पनि मेहनत गर्ने परम्परा नभएकाले यस्तो परिणाम आएको बताउनुभयो । विद्यमान परीक्षा प्रणालीलाई समयानूकुल परिवर्तन गर्दैमा शिक्षा सुधार नआउने उहाँको भनाई थियो ।
कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यालयमा नयाँ–नयाँ विद्यार्थी आइरहेको तर शिक्षक पुरानै भएकाले हालै सार्वजनिक नतिजामा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो । मनोविज्ञ डा. गोपीलाल न्यौपानले विद्यार्थीको मूल्याङ्कन पद्धति नै फेर्नुपर्ने जनाउनुभयो । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा प्रणाली गलत भएका कारण विद्यार्थी अनुत्तीर्ण भएको दाबी गर्नु भयो ।
नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीले शिक्षकले चाहेमा शिक्षामा सुधार हुने बताउँदै त्यसका लागि सरकारले पनि उचित वातावरण दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा यस वर्ष छात्रतर्फ उत्कृष्ट ठानिएका रिलायन्स एकेडेमीका विद्यार्थी सन्जोग कार्कीले आफ्नो सफलताको श्रेय आफ्नो मेहनत, शिक्षक, अभिभावक र विद्यालयलाई दिनुभयो ।
प्रकाशित मिति: 2014-06-15 08:38:08
प्रतिक्रिया: