बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइदै
Admin / 2014-06-12 03:33:50
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ ।
बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरिएको दिनको अवसरमा प्रत्येक वर्ष १२ जुनमा विश्वभर यो दिवस मनाउने गरिन्छ । सरकारी निकाय तथा बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुले दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् ।
नेपालले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको दुई दशक नाघिसके पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा र १६ वर्ष नपुगेकालाई निकृष्ट खाले बालश्रम तथा जोखिमयुक्त काममा लगाउन नपाउने कानुनी व्यवस्था छ । विभिन्न तथ्यांअनुसार नेपालमा औपचारिक तथा अनौपाचारिक क्षेत्रमा झण्डै १६ लाख कार्यरत छन् । ती मध्ये ६ लाखभन्दा बढी बालबालिका जोखिमपूर्ण जीवन बाँचिरहेको सरकारी तथ्यांक छ ।
दिवसको यो वर्षको नारा बालश्रम अन्त्यका लागि सामाजिक सुरक्षा वृद्धि गरौं भन्ने राखिएको छ ।
प्रकाशित मिति: 2014-06-12 03:33:50
प्रतिक्रिया: