नेपाल समाचार

आजदेखि फुटबलको महासंग्राम


Admin / 2014-06-12 03:10:23


सन् १९३० मा उरुग्वेबाट फुटबलको महासंग्राम सुरु भएको ठीक ८४ वर्षपछि ब्राजिलमा फुटबलको महासंग्राम चल्दै छ। आज बिहीबारको मध्यरातदेखि महासंग्रामले विश्वको ध्यान खिच्ने छ। त्यसमा पनि विशेष गरेर फुटबलप्रेमीहरुको लागि यो महासंग्राम चुनौति र रोमान्चक बन्नेछ। 

 दक्षिण अमेरिकी देश अर्थात् राष्ट्रिय खेल फुटबल भएको देश ब्राजिलको १२ वटा रंगशालामा एक महिना महासंग्राम चल्ने छ। अहिले विश्वका फुटबल पण्डितहरुसँगै प्रेमीहरुको पनि ध्यान ब्राजिलले खिचिरहेको छ। ब्राजिललाई विश्वकप भइरहेको मानेमा मात्रै ध्यान खिचेको छैन, उसले उद्घाटन खेलको परिणामसँगै ८४ वर्ष अघिको आयोजक राष्ट्र उरुग्वे झै इतिहास बनाउन कि सक्ला भन्दै फुटबल पण्डितहरु अड्कल काटिरहेका छन्। 

फुटबलको आँखा हुदैन भनिन्छ र, हुन्छ पनि त्यस्तै। २० औं संस्करणसम्म आइपुग्दा पाँचपल्टको विजेता बनिसकेको ब्राजिल तिर सबैको ध्यान हुनु स्वाभाविक मानिन्छ। संस्करण थप्नेमा अहिले ब्राजिलका खेलाडीलाई ठूलो चुनौति थपिएको छ। त्यतिमात्रै हैन, त्यहाका विकास निर्माण, सामाजिकमा खर्चिने सम्पूर्ण रकम रंगशाला अर्थात् फुटबलमा लगानी गर्यो भनेर ठूलो आरोप पनि खेपेको वर्ष भएकाले पनि ब्राजिलको लागि यो महासंग्रामले ठूलो अर्थ राख्नेछ। 

अझ २२ वर्षे ब्राजेलियन खेलाडी नेइमार तर्फ सवैको ध्यान आकृष्ट छ यतिखेर। जब ब्राजिलकै क्लब सान्तोषमा खेलिरहेका नेइमार एकाएक युरोपको राम्रो क्लबमा खेल्न आमन्त्रित भएपछि थप अरुको पनि ध्यान खिच्न सफल भए।

 त्यसपछिका दिनमा सन्तोषजनक प्रदर्शन गर्न नसके पनि चर्चा भने चुलिरहेको खेलाडीले बिश्वकपमा के गर्ला भन्ने उत्सुकता सबैलाई छ। ब्राजिलियन मात्र नभएर विश्वभरमा उनका फ्यानहरुको उनीप्रति अहिले अपेक्षा र चिन्ता दुबै छ।  

उद्घाटन खेल बिहीबारको मध्य राति अर्थात् नेपाली समयअनुसार राती १ बजेर ४५ मिनेटमा सुरु हुदैछ। महासंग्रामको पहिलो लिग खेल आयोजक राष्ट्र ब्राजिलले क्रोएसियासँग खेल्दैछ।  क्रोएसिया आफैंमा पनि राम्रो क्षमता भएको देशमा गनिन्छ। सन् १९९८ को संस्करणमा तेस्रो हुनु नै उसको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो। त्यसपछि क्रोएसियातर पनि विश्वभरका समर्थकको ध्यान खिचेको थियो।

 कोएसियाका डेभोर सुकरले तत्कालिन समयका सर्वाधिक गोलकर्ताको उपाधि जितेका उनले ६ गोल गरेका थिए । तत्कालिन समयमा ब्राजिलसँगै क्रोएसियाले सेमिफाइलन हारेको थियो। अहिलेको क्रोएसिया केही कमजोर भएपनि ब्राजिलले उसलाई सजिलो प्रतिद्धन्दीको रुपमा लिएको छैन।

गृह मैदानमा घरेलु समर्थकमाझ हुने विश्वकपको पहिलो खेल जित्नु ब्राजिलका लागि मनोवैज्ञानिक हिसाबले महत्वपूर्ण हुन्छ।

 एक महिने फुटबल महासंग्रामलाई ब्राजिलका रंगशाला मै पुगेर ३३ लाख ३४ हजार दर्शकले प्रत्यक्ष हेर्ने छन् भने टेलिभिजनमार्फत विश्वभरिका करिब ४ अर्ब दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। जसका कारण संसारका फुटबलप्रेमीलाई मात्रै हैन, विश्वलाई नै महासंग्रामले एक बनाउने अनुमान सबैको छ। 

 २०१४को विश्वकप सम्भवतः संसारकै सबैभन्दा धेरै दर्शकले हेरेको सबैभन्दा ठूलो खेल प्रतियोगिता हुनेछ।

 यस संस्करणका लागि सन् २०११ देखि सुरु भएको विश्वकप फुटबलको छनोट खेलमा ६ वटै महादेशका २ सय ७ राष्ट्र सहभागी थिए। जसबाट ३१ राष्ट्रले फाइनल चरणको टिकट काट्दै महासंग्राममा भिडन्त गर्ने मौका पाएका हुन्। आयोजक राष्ट्र भएको नाताले ब्राजिल सोझै फाइनल चरणमा छनोट भएको थियो।

 संसारभर छरिएर रहेका ब्राजिलका फ्यानहरु आफ्नै भूमीमा भएको प्रतियोगिता उसैले जितोस् भन्ने चाहन्छन्। विश्वभर र नेपालमा पनि ब्राजिलकै छिमेकी देश अर्जेन्टिनाका फ्यानहरु पनि कम छैनन्।

 आफ्नै देशको पक्षमा ढुकढुकी थामेर बस्ने ३२ देशका नागरिकहरु र आफ्नो टिमका पक्षमा लाग्ने विश्वभरमा मानिसहरुले आजदेखि सुरुहुने फुटबलको महाकुम्भलाई  एक महिनासम्म रोमाञ्चक बनाइरहने छ।

 

प्रकाशित मिति: 2014-06-12 03:10:23
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing