खेलकूद

नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ खेल्ने।


Admin / 2014-05-29 22:18:20


काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल विश्व क्रिकेट लिग डिभिजन ३ मा घटुवा भएको पृष्टि गर्दै प्रथम श्रेणीको क्रिकेट खेल्ने पुनः अवसर प्रदान गरेको छ। जनवरीमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको हैसियत अन्योल भएको थियो।
आइसिसीले नेपालसँगै युगान्डा डिभिजन ३ मा झरेको निश्चित गरेको छ। एकदिवसीय विश्वकप छनोटमा युगान्डा पुछारमा थियो। डिभिजन ३ का अन्य दुई टोलीमा अमेरिका र बर्मुडा छन्। गत वर्षको मे महिनामा नेपालले बर्मुडामा डिभिजन ३ को उपाधि जित्दा अमेरिका तेस्रो र बर्मुडा चौथो भएका थिए।
अर्को महिना सिंगापुरमा हुने डिभिजन ४ का शीर्ष दुई टोलीले डिभिजन ३ मा नेपाल, युगान्डा, अमेरिका र बर्मुडासँगै प्रतिस्पर्धा गर्नेछन्। आइसिसीले डिभिजन ३ को आयोजना स्थल र मिति भने पछि बताउने जनाएको छ। यस वर्षको अन्तिम सत्रलाई आइसिसीले डिभिजन ३ को सम्भावित मिति बनाएको छ। डिभिजन ३ यसअघि नेपाल हुने भनिए पनि त्यसबारे आधिकारिक केही नआएको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुर्‍यालले बताए। 
नेपालले डिभिजन ३ आयोजना गर्न इच्छा देखाएको उनले बताए। ‘आइसिसीले नेपाल डिभिजन ३ मा झरेको पुष्टि गरेपछि हामी डिभिजन ३ आयोजना गर्न इच्छुक रहेका बताएका थियौं, उनीहरूले यसबारे विचार गरिने बताएका थिए, त्यसपछि केही खबर आएको छैन,' प्याकुर्‍यालले भने।
नेपालले डिभिजन ३ सँगै डिभिजन २ पनि जितेमा विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तरमहादेशीय कपमा छनोट हुनेछ। डिभिजन २ मा नामिबिया, केन्या, नेदरल्यान्ड्स, क्यानाडा छन्। जनवरीको न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा यी टोलीहरू क्रमशः पाचौंदेखि आठौं भएका थिए। 
२०१५ को पहिलो ६ महिनाभित्र डिभिजन २ आयोजना हुनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तरमहादेशीय कपका लागि डिभिजन २ छनोट आधार हुने आइसिसीले जनाएको छ। आइसिसीका अनुसार च्याम्पियनसिप र अन्तमहादेशीय कपको खेलतालिका पछि सार्वजनिक गरिनेछ। 
प्रशिक्षक पुबुदु दासानायकेले आइसिसीले नेपाललाई एउटा अर्को अवसर दिएको र त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए। ‘डिभिजन ३ नोभेम्बरमा हुँदैछ भनेर ३ महिना आराम गरेर हुँदैन, त्यसका लागि अहिले नै योजना बनाएर अगाडि बढ्नुपर्छ,' दासानायकेले भने, ‘अहिले हामीले यो अवसर समात्न सकैनौं भने ५–७ वर्ष पछाडि पर्छौं।' आइसिसीले सन् २०१७ सम्म च्याम्पियनसिप र अन्तरमहादेशीय कपको खेलतालिका प्रकाशित गर्न लागेको हो।
‘अलि अप्ठेरो देखिए पनि गत वर्ष हामीले डिभिजन ३ जितेका हौं। त्यसैले डिभिजन ३ मा खासै गाह्रो नहुनसक्छ,' दासानायकेले भने, ‘नेदरल्यान्ड्स, क्यानाडा, केन्याजस्ता टोलीहरू भएकाले डिभिजन २ हामीलाई गाह्रो हुनसक्छ। न्युजिल्यान्डको प्रतियोगिताले हामी डिभिजन २ का लागि तयार नभएजस्तो देखाइसक्यो। त्यसैले अझ त्यो भन्दा राम्रो तयार गर्नुपर्छ।'
प्रकाशित मिति: 2014-05-29 22:18:20
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing