आईपिएल क्रिकेटमा पञ्जाव र मुम्वाइ विजयी
Admin / 2014-05-26 03:45:23
नेपाल ब्युरो – जेठ १२, एजेन्सी।
इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत हिजो भएको पहिलो खेलमा दिल्लीलाई ७ विकेटले पराजित गर्दै किंग्स इलेभेन पञ्जाव विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले १८.१ ओभरमा अलआउट हुँदै ११५ रन जोडेको थियो । ११६ रनको विजयि लक्ष्य पछयाएको पञ्जावले १३. ५ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । यो डेल्ली डेयरडेभिल्सको नवौं हार हो ।
यस्तै राजस्थान र मुम्वईवीच भएको अर्को खेलमा मुम्वाइले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेपछि यो टुर्नामेन्टको अहिलेसम्मकै रोमाञ्चक खेल सावित भएको छ । यो जीतसंगै मुम्वाइको प्लेअफको यात्रा तय भएको छ ।
मुम्वाइको वाखेडे स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सले पुरै ओभरको खेल खेल्दै ४ विकेटको क्षतिमा १ सय ८९ को बिशाल स्कोर खडा गरेको थियो । जवाफमा मुम्वाइले १४ दशमलव ३ ओभरको समाप्तिमै ५ विकेट गुमाउदैं १ सय ९५ रन बनाएपछि राजस्थान पराजित भएको हो । अव मुम्वाइले मे २८ तारिखमा चेन्नाइ सुपरकिंग्ससंग खेल्नेछ ।
प्रकाशित मिति: 2014-05-26 03:45:23
प्रतिक्रिया: