४ जना न्यायाधिसको सुनुवाई आज हुने
Admin / 2014-05-25 02:57:00
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं ।
संसदीय विशेष सनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई आज पनि चलिरहेको छ ।
प्रस्ताबित ८ जना न्यायाधीश मध्ये समितिले २ दिनमा ४ जनाको सुनुवाई गरेको छ । आज एकै दिन ४ जनाको सनुवाई गर्ने समितिले जनाएको छ । समितिले हिजो न्यायधिश दिपकराज जोशी र गोबिन्दकुमार उपाध्यायको सुनुवाई गरेको हो ।
आज ओमप्रकाश मिश्र, देबेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदीश शर्माका विषयमा सनुवाई हुँदैछ । संसदीय सुनुवाइ विशेष समितिमा सभासदले नै सुनुवाइ प्रभावकारी नभएको गुनासो गरेका छन् ।
न्यायाधीशको जवाफ चित्त नबुझ्दा फेरि प्रश्न गर्न पाउनुपर्ने उनीहरुले माग गरेका छन् । यसअघि पहिलो दिन बैद्यनाथ उपाध्याय र गोपाल पराजुलीको सुनुवाई भएको थियो । गत वैशाख ९ गते सिफारिस गरिएपनि सुनुवाई समिति भित्रै विवाद हुँदा अस्ति शुक्रबारबाट मात्रै सुनुवाई सुरु भएको हो ।
पर्सी मंगलबार ३५ दिने हदम्याद पुरा हुने भएपछि समिति सुनुवाईमा व्यस्त भएको छ ।
न्याय परिषदले सर्वोच्च अदालतमा आठ जना स्थायी न्यायाधीशमा नियुक्तिका लागि वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदीश शर्माको नाम प्रस्तावित गरेको थियो ।
प्रकाशित मिति: 2014-05-25 02:57:00
प्रतिक्रिया: