त्रिवि र विद्यार्थीसंगठनबीच वार्ता हुँदै
Admin / 2014-05-23 03:03:15
नेपाल ब्युरो –जेठ ९, काठमाण्डौँ ।
त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्ववियु निर्वाचनका विषयमा छलफल गर्न विद्यार्थी संगठनलाई बोलाएको छ ।
जेठ १८ गते तय भएको निर्वाचन गर्न अपनाउनुपर्ने उपाय तथा निर्वाचन मिति सार्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनसँग छलफल गर्न त्रिविले विद्यार्थी संगठनलाई बोलाएको हो ।
स्ववियु निर्वाचनको तयारी, अहिलेसम्म भएका प्रयास लगायतका विषयमा छलफल गर्न आफूहरुलाई बोलाएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।
निर्वाचनको विपक्षमा रहेका विभिन्न १९ विद्यार्थी संगठनले निर्वाचनको मिति सार्न माग गर्दै विभिन्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेर आन्दोलन जारी राखेपछि आवश्यक छलफल गर्न सम्पूर्ण विद्यार्थी संगठनलाई बोलाइएको त्रिविले जनाएको छ ।
प्रकाशित मिति: 2014-05-23 03:03:15
प्रतिक्रिया: