विश्व

अन्तत: नागरिक दैनिकले क्षमा माग्यो


Admin / 2014-05-19 23:01:47


सहयात्री समाचार–६ जेठ ,काठमाण्डौं ।

अन्ततः ‘नागरिक’ का प्रधान सम्पादकले दिलशोभा श्रेष्ठको समाचारमा क्षमा मागेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा ‘अरु आरोप पुष्टि भए पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको’ भन्दै पहिलो पेजमा प्रधान सम्पादकले क्षमा मागेका हुन्। 

‘नागरिक’ले समाचार गलत भएकोमा माफी मागेको यो पहिलो अवसर हो। यसअघि डा. भक्तमान श्रेष्ठ अपहरण कान्डमा बेपत्ता डाक्टर माओवादी कब्जामा शीर्षकमा अपहरणमा माओवादी संलग्नता रहेको पुष्टि भएको भन्दै छापेको समाचार प्रहरी अनुसन्धानले गलत साबित गरिसक्दा पनि यो समाचार छाप्ने ‘रिपब्लिका’ र ‘नागरिक’ले अहिलेसम्म माफी मागेको छैन। तत्कालीन ‘रिपब्लिका’का सम्पादक अमित ढकाल र ‘नागरिक’का सम्पादक नारायण वाग्लेले अहिलेसम्म यो विषयमा सार्वजनिक रुपमा केही बोलेका छैनन्। काठमाडौँ पोस्टमा हुँदा रस्सेन्द्र भट्टराई कान्डमा एक पटक परिसकेका प्रतीक प्रधानले भने यस पटक नागरिकका प्रधानसम्पादकको हैसियतमा माफी मागेर नैतिकता देखाएका छन्।

वास्तवमा दिलशोभाको समाचारमा नागरिक सुरुदेखि नै चुकेको थियो। नागरिकको समाचारको शीर्षक र लिडलाइन (समाचारको पहिलो वाक्य) बचाउ गर्न सकिने खालको थिएन।  ‘यौन दुराचार’ नागरिकले आविस्कार गरेको शब्द थियो। उजुरीमा कतै पनि ‘यौन दुराचार’ लेखिएको थिएन। उजुरीमा बरु ‘अनैतिक काम’ भनिएको छ। तर नागरिकले शीर्षक छाप्यो- दिलशोभालाई ‘यौन दुराचार’को आरोप। त्यसैगरी समाचारको ‘लिड’मा लेखिएको थियो- ‘आमाघर’को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको’ तथ्य फेला परेको छ। उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन्। यो तथ्य फेला परेको कुरा समाचारमा कतै पनि भेटिँदैन। यसले उजुरीमा उक्त कुरा लेखिएको भन्दा पनि आफैले खोजेर तथ्य फेला परेको जस्तो भान दिन्छ। उजुरीमा रहेका १६ बुँदा नै गम्भीर थिए। ती मध्ये सबैभन्द कमजोर बुँदालाई ‘नागरिक’ले मुख्य विषय बनाएर उठाउँदा अरु गम्भीर र बलिया बुँदा ओझेलमा परे। पत्रकारितालाई पनि यो ठूलो पाठ हो।

यो प्रकरणबाट पत्रकारले कमजोर बुँदालाई बढी हाइलाइट गर्दा त्यसैमा बहस अल्झिएर बलिया बुँदामा समेत ध्यान कम जाने गरी कमजोर हुने पाठ सिकाएको छ।

त्यो समाचारलाई त्यसरी यौन दुराचार भनेर सेन्सेसनलाइज गर्नुपर्ने जरुरी पनि थिएन। तर ‘डेस्क’ ले बढी सेन्सेनलाइज गर्न खोज्दा चुक्न पुग्यो।

त्यो समाचारमा अवैध रुपमा बालबालिका राखिएको र बाल कल्याण समितिले त्यो दिन रेस्क्यु गर्दैछ भन्ने विषय नै ठूलो इस्यु थियो। मलाई त रेस्क्यु नै ठूलो विषय जस्तो लागेको थियो र त्यही शीर्षक बनाएको थिएँ। ‘अनैतिक काम’को पनि उजुरी छ है भनेर अडियो चाहिँ राखिदिएको थिएँ। माइसंसारले कहिले पनि ‘यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको तथ्य फेला परेको’ जस्ता शब्द प्रयोग गरेन। बरु उजुरीको पूर्ण विवरण र त्यसैमा संलग्न केही अडियो र भिडियो प्रमाण राखेको थियो।

सुरुको त्यो गल्तीलगत्तै ‘नागरिक’ले ‘यौन दुराचार’को बारेमा अनुसन्धानले पुष्टि नगरुन्जेल शब्दलाई फिर्ता लिँदै अरु विषयमा लगातार फलोअप गर्न सक्नु पर्थ्यो। तर परिवार भएकै घरका बालबालिकालाई अनाथ भनेर त्यहाँ राखिएको, आश्रय दिने भनेर अरुको घरमा काम गर्न पठाएको, बालबालिकामाथि दुर्व्यवहार भएको, विदेश पठाएको, आर्थिक हिनामिना जस्ता विषयलाई पनि उठाउन ‘नागरिक’ चुक्यो। 
प्रकाशित मिति: 2014-05-19 23:01:47
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing