संसदीय सनुवाई विशेष समितिको बैठक आज पनि
Admin / 2014-05-19 04:01:00
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ ।
संविधानसभाका अन्र्तबस्तुमा छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्दैछ ।
संविधानसभाको आजको बैठकमा राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिका विषयमा छलफल हुनेछ । ती प्रवेदन हिजो संविधान अध्यन तथा निक्र्योल समितिले संविधानसभामा पेस गरेको हो ।
समितिका सभापति विष्णु पौडेलले गत वैशाख २५ गतेको समितिको निर्णय अनुसार संविधानसभामा ती दुई प्रतिवेदनको सैद्धान्तिक छलफलका लागि पेस गरिएको बताउनुभयो । राज्यको पुनःसंरचनामा दलहरुबीच ठूलो विवाद रहेको छ ।
संविधानसभाको बैठक दिउँसो १ बजे बस्ने छ । हिजो प्राकृतिक स्रोत, अधिकार र राजस्व बाँडफाँड समिति र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा रहेका सहमतिका विषयमा दफावार छलफल गरिएको थियो ।
प्रकाशित मिति: 2014-05-19 04:01:00
प्रतिक्रिया: