टोक्यो,जापान
अंग्रेजी नया बर्षको अवसरमा चर्चित म्युजिक
ब्याण्ड मङ्गोलियन हर्टका गायक राजु लामा न्यु ईयर २०१५ स्पेशल लाईभ कन्सर्ट गर्न जापानमा
आउने भएका छन । जापानमा भित्र छरिएर बसेका सम्पूर्ण नेपालीहरु बिच एक-आपसमा नया बर्षको
शुभकामना आदान-प्रदान गर्न उक्त कार्यक्रम गर्न लागिएको आयोजकहरुले बताएका छन ।
यस कार्यक्रमबाट संकलित रकम खर्च कटाएर
परोपकारी क्षेत्रमा सहयोग गर्ने कर्यक्रमका संयोजक सुरज मल्लले बताएका छन । कन्सर्ट
जनवरी ४ गते आईतबार नागोयाको नागोया सी , हिगासी
– कुमा रहेको खारपोर्ट हिगासी हलमा दिउँसो ३ बजेबाट हुनेछ । टिकटको मुल्य ४ हजार
एन तोकिएको छ । टिकट बिक्री गत शुक्रवारबाट शुरु भईसकेको छ ।
केही समय अगाडी पनि टोक्यो र नागोयामा
भएको गोल्डेन विक कन्सर्टमा पनि राजु लामाले आफ्नो प्रस्तुति दिएका थिए।