एप्पल कम्पनिले आईफोन ६ र प्लसको लागि २४ घण्टामा
४० लाख भन्दा बढीको किर्तिमानी अग्रिम बुकिङ
पाएको छ। कम्पनिले गत शुक्रबार बुकिङ खुल्ला गरेको थियो।
बुकिङ गरेका ग्राहकहरुलाई १९ सेप्टेम्बर शुक्रबार
देखि बुकिङको क्रमानुसार बितरण गरिने कम्पनिले जनाएको छ।यो भन्दा अगाडी २०१२ मा
आईफोन ५ रिलिज हुंदा २० लाख अग्रिम बुकिङ गरिएको थियो। कम्पनिले आईफोन ५ को
स्क्रिनको आकार ठुलो बनाए पछि उपभोक्ताले अग्रिम बुकिङ गरेको थियो।
एप्पलले गत बर्ष आइफोन ५ एस र सि तिन दिनमा ९०
लाख भन्दा बढीको अग्रिम बुकिङ भएको जनाएकोथियो। कम्पनिले यसपटक पहिलो दिनको
बुकिङको मात्र जानकारी दिएको छ।
नयां आईफोन ६ को स्क्रिनको आकार ४.७ ईञ्च रहेको छ
भने आईफोन ६ प्लास ५.५ ईञ्चको रहेको छ।ठुलो आकारको सक्रिनको साथमा अन्य थुप्रै
नयां सुबिधाहरु थपिएकोले बजारमा नयां आईफोनको माग बढेको हो।
नयां आईफोनहरु सुरुवातमा अमेरिका, बेलायत,हङकङ,
अष्ट्रेलिया, जर्मनी, जापान लगायतका मुलुकमा बितरण गरिनेछ। एक साता पछि अन्य २०
मुलुकमा यसको बितरण गरिने पनबि कम्पनिले जनाएको छ।
पुराना उपभोक्ताले बुधबारबाट आईओस ८ अपडेट गर्न सक्ने कम्पनिले जनाएको छ।नयां आईफोनहरु आईओस ८ सहित उपलब्ध हुनेछ।