पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने निगमको तयारी
Admin / 2014-09-12 03:33:10
नेपाल ब्युरो– भदौ २७, काठमाडौ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेका हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतार चढाव अनुसार स्थानिय बजारमा मूल्य समायोजन गर्ने निगमले अन्तिम तयारी अघि बढाएकोे छ ।
निगमको घाटा नियन्त्रण गर्न एकदुई महिनाभित्रै त्यस्तो मूल्य समायोजन शुरु गर्ने तयारी अघि बढाइएको निगमले जनाएको छ । भारतीय आयल निगमले हरेक १५ दिनमा पठाउने मूल्यसूचीका आधारमा नेपालमा पनि मूल्य समायोजन गरिने बताइएको छ ।
निगमले स्वचालित मूल्य समायोजनका लागि लामो समयदेखि पहल गर्दै आएपनि सरकारको असहयोग लगायतका कारणले हुन सकेको छैन ।
प्रकाशित मिति: 2014-09-12 03:33:10
प्रतिक्रिया: