भ्रष्टाचारको आरोपमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक पक्राउ
Admin / 2014-05-16 06:19:11
नेपाल ब्युरो –जेठ २, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पासहित वरिष्ठ स्वास्थ्य अधिकृतहरुलाई पक्राउ गरेको छ ।
स्वास्थ्य सेवा विभागमा भएको भ्रष्टाचारको आरोपमा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
त्यस्तै अख्तियारले राष्ट्रिय यौनरोग तथा एड्स नियन्त्रण महाशाखाका प्रमुख डा. नरेशप्रताप केसी, बालस्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्द, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य अधिकृत पवनप्रसाद कोइरालालाई पनि पक्राउ गरेको छ ।
यस्तै, आपूर्ति व्यवस्था महाशाखाका जनस्वास्थ्य निरीक्षक हिमलाल ज्ञवालीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, स्वास्थ्य सेवा विभागका वर्तमान महानिर्देशक डा. लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखा टेकुका प्रमुख डा. तारानाथ पोखरेललाई अख्तियारले निलम्बन गर्न सिफारिस गरेको बताइएको छ ।
प्रकाशित मिति: 2014-05-16 06:19:11
प्रतिक्रिया: