भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने प्रावधान राख्न दलहरु सहमत
Admin / 2014-09-03 04:38:43
नेपाल ब्युरो– भदौ १८, काठमाडौ ।
भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने प्रावधान अब बन्न लागेको नयाँ संबिधानमा राख्न दलहरु सहमत भएका छन् ।
आज विहान बसेको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको वैठकले यो बिषयमा सहमति गरेको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो । विद्यमान कानुन अनुसार अदालतबाट भ्रष्टाचार आरोप प्रमाणित भइ सजाय पाएका व्यक्तिले ६ बर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।
भ्रष्टाचारीलाई आजिवन उम्मेदवार बन्नबाट प्रतिबन्ध लगाउन सहमति जुटेको उहाँले बताउनुभयो ।
आजै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, न्यायाधीशलगायत संबैधानिक निकायका पदाधिकारीको महाअभियोग सम्बन्धी बिषयमा पनि सहमति जुटेको छ ।
गम्भीर अभियोग लागेका पदाधिकारीलाई तल्लो र माथिल्लो सदनको दुई तिहाई बहुमतले हटाउन महाअभियोग लगाएर हटाउन सक्ने प्रावधान राख्न सहमति जुटेको हो ।
महाअभियोग लगाएर हटाइएका पदाधिकारी कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी प्रावधान राख्न सहमति जुटेको सभापति भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: 2014-09-03 04:38:43
प्रतिक्रिया: