विघटनको संघारमा एमाओवादी
Admin / 2014-05-14 05:25:03
- प्रकाश गिरीविराटनगर सम्मेलनपछि एनेकपा माओवादीमा थप धाजा फाटेको छ । सम्मेलन हलबाट डा.बाबुराम भट्टराई सहित उनी पक्षधर नेताहरु केन्द्रिय समिति सदस्य घोषणा गर्ने वेलामा बाहिरिएपछि पाच दिनसम्म विराटनगरको उष्ण तापमानमा माओवादीले कस्तो वैचारिक बहश गरेछ भन्ने प्रष्ट भएको छ ।
विराटनगरले पनि एमाओवादीको आकांक्षा पुरा गर्न सकेन । एक भएर आउने उसको चाहनामा ठेस लागेको छ । बरु,विचार समुहको नाममा बनेको गुटको राजनीति थप मौलाएको छ र अल्पमतको कदर नगर्ने परिपाटी विकास भएको छ । एमाओवादी नेताहरु नै भन्छन–गुट मौलायो भने पार्टी विघटन हुन्छ । यसको एक पटक सफलतापुर्वक माओवादीले रिहर्सल गरिसकेको छ । किनभने नेकपा–माओवादी फरक अस्तित्वको दल अहिले यहि भुगोलमा छ ।
विराटनगरमा जानु अघि अध्यक्ष पुष्पकमल दाहालले काभ्रेको रिसोर्टमा बसेर अवधारणा तयार पारेका थिए । हरेक पटक उनी यसै गर्छन । बडा सुविधा सम्पन्न ठाउमा शान्तपुर्वक लेखिएको अवधारणामा नेता डा।भट्टराईले सात वुदे लिखित असहमति दर्ज गरिदिए । विराटनगर पुग्नु अघिसम्म पनि उनले फरक र नया अवधारणा ल्याउने चर्चा थियो । उनी स्वयमले सञ्चार माध्याम मार्फत यसको संकेत गरिसकेका थिए । एउटा कम्युनिष्ट पार्टीका बरिष्ठ नेताले नया शक्तिको आवश्यकता छ भनेर गरिएको बहशमा धेरै वुद्धिजीविले भाग लिईसकेका थिए । स्वयम एमाओवादी अलमलमा थियो । तर अचम्म,उनले बाहिर बहश गरेर पनि पार्टी भित्र भने फरक मत राखेर मात्र चित्त वुझाए ।
सम्मेलनमा डा.भट्टराईले फरक अवधारणा ल्याएनन भन्नुको मतलब उनी मौन रहे वा चुप बसे र अध्यक्षको प्रतिवेदन स्विकार गरे भन्नु सर्वथा अनुचित हुन्छ । सम्मेलनको क्रममा कहिले सञ्चो भएन भनेर हलबाट बाहिरिने त कहिले केन्द्रिय समिति सदस्य घोषणा हुने वेलामा मेरो पनि नाम नराख्नु भनेर निस्किए । यो फरक सन्दर्भ हो कि डा.भट्टराईलाई सम्मेलन छिटो सिद्धयाएर चीन जान हतार थियो,तर भित्र भित्र भुसको आगो झैं वैचारिक वहश चर्को थियो,सल्किरहेको थियो ।
हेटौंडा महाधिवेशनका आधा र अपुरा काम पुरा गर्ने उदेश्यले एनेकपा माओवादी विराटनगर पुगेको थियो । महाधिवेशनको १५ महिना पछि राष्ट्रिय सम्मेलन गरेर उसले महाधिवेशनको बाकी कार्यभार पुरा गर्ने र यहि जगमा विशेष महाधिवेशन गर्ने सोचेको थियो । र,कम्तिमा पनि विराटनगरबाट फर्किंदा केन्द्रिय समिति, पदाकिारी, सल्लाहकार,जस्ता पदहरु भरिपुर्ण गरेर फर्कने उसको वचनवद्धता थियो । सम्मेलनमा जानु अघि बसेको केन्द्रिय समितिले आफनै आकार भारी भरकमको भयो,भद्धा भयो, जनवादको अभ्यास गर्न कठिन भयो भन्ने निष्कर्ष निकाल्दै डबल डिजिटमा सिमित गर्ने निर्णय गरेको थियो । एमाओवादी नेताहरु ९९ जना भन्दा बढी केन्द्रिय सदस्य चयन नगर्ने बताईरहेका थिए तर विराटनगरको सभागृहमा पस्दा कापी कलम र गम्छा उपहार पाएका करिव ११सय प्रतिनिधिले थाहै नपाई विधान संशोधन भएर केन्द्रिय समितिको आकार १सय ५१ जनाको भयो । यसरी आफैले गरेको निर्णय उल्लंघन गरयो–एमाओवादीले । सम्मेलनपछि एमाओवादी तर्क गर्दैछ–महाधिवेशनले दिएको म्यान्डेट अनुसार केन्द्रिय समितिको आकार बढाइएको हो । र, खुशी प्रकट गर्दै आफनो पिठ आफै थपथपाउदैछ–२सय ६८ जनाबाट घटाएर १ सय ५१जनामा सिमित गर्न सकेकोमा । तर,यस्तो तर्क गरिरहदा उसले डबल डिजिटमा सिमित रहने केन्द्रिय समितिको निर्णय चाहि भुलेको छ ।
मुलत यो काम महाधिवेशनको हो । कुनै पनि दलको लागि महाधिवेशन निकै महत्वपुर्ण हुन्छ । यो सर्वोच्च निकायले जे म्यान्डेट दिन्छ यसलाई मान्नु नै दलहरुको कर्तब्य हो । तर,२१ बर्षपछि महाधिवेशन गरेको एमाओवादीलाई यस्तो केहि लागेन । महाधिवेशन गरेर नया दिशा र नया नेतृत्व चयन गर्न गएको एमाओवादी हेटौंडाबाट खिलराजलाई सरकार प्रमुख वनाउने नया सुत्र फेला पारयौं भनेर सञ्जीवनी वुटीको पहाड नै वोकेर आउने हनुमान झैं फुलेर काठमाण्डौं फर्कियो । तर,उसले गर्नैपर्ने काम चाहि गर्न सकेन । न केन्द्रिय समिति, न पदाधिकारी न पार्टी भित्र एकताको वातावरण सिर्जना गर्न सक्यो । यहि अधुरा काम विराटनगरले गर्नुपर्ने थियो तर विराटनगर पनि हेटौंडा भन्दा फरक हुन सकेन । यसले पनि केन्द्रिय समिति पुरा गर्न सकेन,पदाधिकारी त झन पुरै खाली राख्यो,थप नया विवाद पनि देखा परयो । अब यो विवादको अन्त्य गर्न केन्द्रिय समितिको आकार बढाएको छ,एमाओवादीले । र,यसमा हल खोज्न डा।भट्टराई चिनबाट कहिले फर्कन्छन भनेर कुरेर वस्नेछ–संस्थापन पक्ष ।
एमाओवादीको सवैभन्दा ठुलो समस्या सैद्धान्तिक समस्या नै हो । कुन विचार धाराको आधारमा अघि बढने भन्ने अहिले तिव्र वहश र विवाद भईरहेको छ,त्यहा । हेटौंडा महाधिवेशनले लिएको अवधारणामा अहिले सम्म सैद्धान्तिक प्रष्टता आएको छैन । सम्भवत अब विशेष महाधिवेशन अघि यसले कुनै आकार पनि लिने छैन । एमाओवादीमा देखिएको अर्को सांगठनिक समस्या पनि हो । अहिले सम्म पनि एमाओवादीमा युद्धकालिन संरचना कायम छन । त्यो विशिष्ट अवस्थाको संरचना बदल्नको लागि नै महाधिवेशन अनि राष्ट्रिय सम्मेलन केन्द्रित हुनुपर्ने थियो तर यी दुवै निकाय यी र यस्ता काम गर्न असफल भए । एमाओवादी नेतृत्वको यो भन्दा ठुलो असफलता अरु हुन सक्दैन ।
विराटनगर पुग्नु अघि डा।भट्टराई यहि अवस्थामा विराटनरमा सम्मेलन भएमा पार्टीलाई विघटनबाट जोगाउन कसैले पनि सक्दैन भनेका थिए । निकै विवादस्पद खालको यो अभिब्यक्ति थियो । तर यसमा स्वयम पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि भाग लिए । उनले भने –सम्मेलन नभए पार्टी विघटन हुन्छ । उनले त धम्कीको भाषामा पद प्रति यहि ढंगको आकांक्षा राख्नेहरुको भीड लाग्ने हो भने पार्टी विघटन गरिदिने चेतानवनी समेत दिए । सारमा कुरा के हो भने दुवै अवस्थामा एमाओवादी विघटनको संघारमा पुगेको रहेछ । र,अहिले सम्मेलन भईसकेको छ,र विराटनगरमा जे जस्ता घटना भए यसले एमाओवादी संकटमा रहेको वुझन कठिन छैन । डा।भट्टराईले सम्मेलन भएमा पार्टी विघटन हुन्छ भनेको शायद यसै कारणले होला । र,अब अध्यक्ष दाहालको काधमा थप जिम्मेवारी आपरेको छ कि यो महत्वपुर्ण घडीमा नेतृत्व कसरी दिने रु अनि, असहमत पक्षलाई कसरी मनाउने भन्ने । एक पटक पार्टी विघटनबाट जोगाउन नसकेको तितो अनुभव दाहालसंग छ भने अब यो धाजाा कसरी पुर्ने भन्ने अर्को पनि दायित्व थपिएको छ । र,अवस्था यहि रहने हो भने यो धाजा पुर्न दाहाल शायद समर्थ हुने छैनन । त्यतिवेला अध्यक्ष दाहालले अहिले वाहिर रहेको नेकपा माओवादीसंग विविध कारणले एकता गर्नुपर्ने वाध्यता हुन सक्छ ।
त्यसो भए के साच्चै एमाओवादी विभाजनको डिलमा पुगेको हो त रु प्रश्न उठन थालेको छ । यो प्रश्नको वारेमा सोचिरहदा एक पटक डा।भट्टराईको स्वभाव र उनीसंग रहेका मानिसको झुण्ड पनि हेर्नुपर्छ ।
डा।भट्टराइलाई नजिकबाट चिनेका मानिसहरु उनी नया पार्टी हाक्न सक्ने खालको मानिस होईन,बरु लाए अह्राएको काम बडा सफासंग गर्न सक्ने मानिस हो भन्दछन । पार्टी सञ्चालनको खुवी भनेको मुलत ब्यवस्थापकिय जिम्मेवारी हो । तर,डा।भट्टराई स्वयम चाहि मौरी जस्ता छन । अर्को कुरा के मा पनि ध्यान दिनु पर्छ भने डा।भट्टराइसंग अहिले जति मानिस छन,एमाओवादीमा के त्यति मानिसबाट नै नया पार्टी वन्न सम्भव छ । एमाओवादी मुलत प्रचण्डको पार्टी हो । लामो समय देखि उनले जसरी संगठन वनाए र त्यहा जस्ता मानिसको वाहुल्यता छ,त्यसले प्रचण्डलाई नेता भनेर चिन्दछ भने डा।भट्टराईलाई सेलिव्रेटी । यहि सम्मेलनको दौरानमा पनि के देखियो भने गोरखामा नै डा।भट्टराई अल्पमतमा रहेछन । देशब्यापी रुपमा संगठनको हालत यस्तै छ । डा.भट्टराईसंग विराटनगरको हलबाट सामुहिक रुपमा निस्कने नेताहरुमा चानचुन १७ जना मात्र थिए । थोरै मानिसलाई केन्द्रिय सदस्य वनाउने भएपछि नै हो,डा.भट्टराई हलबाट बाहिरिएको । अन्यथा,अघिल्लो दिनको वैठकमा सहमतिको आधारमा केन्द्रिय सदस्य चयन नहुने निश्चित भएपछि चुनाव पनि नगर्ने निधो भयो । अन्यथा धर्मशीला चापागाईंको निर्वाचन समितिले सदस्य चयनको लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको थियो । निर्वाचनमा आफनो वर्चस्व नहुने मात्र होईन,अवस्था नाजुक हुने देखेपछि डा.भट्टराईको टिम सम्माजनक अंक माग्दै अध्यक्ष दाहाललाई ९९ जना चयन गर्न अधिकार सुम्पिएर फर्किएको थियो । तर,अन्तिम दिन यहि विषय नै गलपासो वन्यो । अध्यक्ष दाहालले डा.भट्टराइले वार्गेनि¨ गर्न थालेको महशुश गरेपछि अर्का नेता नारायणकाजी श्रेष्ठसंग साठगाठ गरे ।
र,हलमा केन्द्रिय सदस्यको नाम भटाभट पढेर सुनाए । चित्त वुझेन,डा.भट्टराईको टिम बाहिरियो । तर,अध्यक्षमा पुन दाहाल नै चयन भएको बताईरहदा हलमा सवैभन्दा धेरै बेर सम्म ताली बजिरहयो । अनि त्यहि हलले तीन जनाको केन्द्रिय कार्यालय पनि गठन गरयो,जहा डा।भट्टराई छुटे । र,हेटौंडा महाधिवेशनकै नियति कसरी दोहरियो भने यो सम्मेलनले पनि पदाधिकारी चयन गर्न सकेन । अर्को असफलताको भारी वोक्यो,यो सम्मेलनले । एमाओवादीमा अब विशेष महाधिवेशनको कुरा चर्को ढंगले उठनेछ र यो नगरी सुखै पाउनैछैन एमाओवादीले । फलामे अनुशासन भएको एमाओवादीलाई विराटनगरको गर्मीले तताएको मात्र छैन,पगालिदिएको छ ।
प्रकाशित मिति: 2014-05-14 05:25:03
प्रतिक्रिया: