एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक बस्दै
Admin / 2014-05-24 03:05:26
नेपाल ब्युरो–जेठ १० काठमाण्डौँ ।
एकीकृत नेकपा माओवादीले आज पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको चयन गर्ने भएको छ ।
नेताहरुबीच सहमति हुन नसकेपछि एकीकृत नेकपा माओवादीले चुनावी प्रक्रियाबाट चयन गर्ने भएको हो । निर्वाचनका लागि पाटी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अहिले केन्द्रीय समिति बैठक बसिरहेको छ ।
आकांक्षीहरुको सङख्या धेरै भएकोले हिजो बसेको केन्द्रीय समिति बैठकले आज मतदान प्रक्रियाबाटै केन्द्रीय कमिटीका पदाधिकारी, स्थायी समिति सदस्य र पोलिटव्युरो सदस्यको टुङगो लगाउने निर्णय गरेको थियो ।
विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट असन्तुष्ट बन्नुभएका नेता डा. बाबुराम भट्टराईसहितको समुह केन्द्रीय समितिमा जान तयार भएपछि कार्यविभाजन विस्तार गर्न माओवादी लागेको हो ।
यसैबीच सत्तारुढ दल नेपाली काङग्रेसको पदाधिकारी बैठक पनि आज बस्दैछ ।
मन्त्रिपरिषदले नियुक्त गर्ने २६ सभासद् मनोनयनका लागि पार्टीबाट पठाउने व्यक्तिको टुंगो लगाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-05-24 03:05:26
प्रतिक्रिया: