-अभिनाश तामाङ
प्राकृतिकरुपमा धनी भएतापनि आर्थिक रुपमा निकै कमजोर र जिर्ण नेपाल बिश्वकै गरिब राष्ट्रहरुमा पर्दछ। सहरका भेगहरुमा गरिबीको प्रभाव परेको महशुस नभए पनि ग्रामीण भेगको जीचनशैली भने निकै दयनीय छ ।देशमा विकाशको लागि आबश्यक पुर्बाधारहरु र संरचनाहरु दिनानुदिन घट्दै जानुले साना तथा मझोला उद्योगहरु पनि बन्द हुने क्रम तिव्र छ । यसरी साधारण रुपमा संचालनमा रहेका घरेलु व्यवसायहरुले पनि राम्रो बजार भाउ नपाँउदा नेपालीहरु व्यवसाय छोडी बिदेशीनु बाध्य हुनुपरेको हो। दिनै पिच्छे हजारौको संख्यामा नेपाली युवा पुस्ताहरु श्रमको लागी बिभिन्न देशमा जाने गर्दछ । त्यस भिडमा हाल प्राथमिकताको साथ प्रमुख गन्तव्य स्थलको रुपमा रहेको छ जापान । शुन्दर र शान्त देश जापान र नेपालको हावापानी लगभग मिल्न जान्छ । एसियन राष्ट्रहरु बिच विकाशको गतिमा दोस्रो स्थानमा रहेको जापानमा हाल नेपालीहरुको चाप पनि दैनिक रुपमा बढ्ने क्रम तिव्र छ । यसरी विकसित देशमा गई करोडौ कमाउने रहरहरु बोकी प्रति व्यक्ति लाखौ खर्चेर जापान आउने गर्दछ । हाल विद्यार्थी भिषा आउनेको संख्या अत्याधिक छ भने कृषिको ‘ट्रनिङ भिषामा आउने पनि ऊधिक नै छ।यसैगरी कुक लगायतका अन्य प्रकृतिको भिषामा आउनेहरुको संख्या पनि जारी छ । मुख्य गरी भर्खरका युवा - युवतीहरको रोजाईमा जापान रहेको हो ।
वैकल्पिक मार्गको रुपमा
बिद्यार्थीहरुले शरणार्थी भिषालाई सुरक्षित ठान्न थालेका छन । झन्झटिलो र प्रक्रियागत
रुपमा नजाँदा पनि जापान बस्न पाईने हुनाले यो तर्फ सबै आकर्षित हुने थालिएको बुझ्न आँउछ । यसमा
पनि नेपाली दलालहरु बाट सम्पूर्ण काम गरिदिनाले पनि शरणार्थी हुने क्रम बढ्दो छ । यसरी
नेपाली दलालहरु हाल जापानको निभिन्न शहरहरुमा मौलाएको छ भने यसलाई रोकावटमा कुनै संघसंस्थाहरु
लगायत अन्य निकायहरुबाट बिशेष चासो नराखिदिदाँ
पनि दलालीकरण फस्टाईरहेको हो । प्यास लाग्दा मान्छेले पानीले पनि प्यास मेटाउछ ।पैसा
कमाउने बाटोहरु खोजिरहेको मान्छेहरु २/४ पैसा जोगीने ठाँउहरु भेट्यो भने उ त्यतै तिर
लाग्छ नै । त्यस्तै हाल जापानमा विद्यार्थीहरु शरणार्थी तर्फ बढिरहरेको अवस्था पनि
यहि हो।विद्यार्थी भिषामा बस्दा पैसा त्यति नकमाउने हुँदा वाक्क लागेर बसेकाहरुलाई
दलालहरुको प्रलोभनमा फस्न बाध्य छन।महिनामा जापानी येन २ लाख ५० हजार देखि ३ लाखसम्मको
कमाई हुने आश देखाएर दलालहरुले प्रति व्यक्ति १ लाख ५० हजार येन असुली शरणार्थी बनाईरहेका
छन । तर वास्ताविकता यसमा पनि छैन साँढे २ देखी ३ लाख सम्मको प्रलोभनमा महिनावारी कमाई
भनेको डेढ लाख जापानी येन बाहेक बढि नहुने गुनासोहरु पाउन र देख्न सकिन्छ । पोख्ने
बाटोहरु नहुँदा कतिपय कुराहरु गुपचुपमै सकिने गर्छ ।
जापानको विभिन्न शहरहरुमा मौलाएको शरणार्थी
बनाउने दलालीकरणलाई कसरी न्युनीकरण गर्न सकिन्छ त ? भन्ने विषयमा जापान स्थित रहेका सयौ नेपाली संघसंस्थाहरु र उच्च स्तरको
निकायहरुबाट ख़ास ध्यान ग्न सकेको छैन।जापानमा शरणार्थीहरुलाई आफ्नो देशमा केहि गर्न
नसकेर हाम्रोमा शरण लिन आएको भनेर जापानीजहरुले
लिने गर्दछ। कुनै पनि देशमा कुनैपनि देशको शरणार्थी बढ्नु भनेको त्यो देश प्रति उनिहरुको
नजर नकारात्मक हुनु पनि हो । हाल जापानमा पनि बिभिन्न भिषामा नेपाल बाट आई शरणार्थी
बन्ने क्रम उच्च छ । यसले गर्दा भोली सम्पुर्ण नेपालीको स्वाभिमान र पहिचान माथिनै
आंच आउने कुरामा दुईमत छैन। यसरी बढ्दो नेपाली शरणार्थीलाई कम गर्न जापान स्थित रहेका
विभिन्न संघसंस्था र जापान स्थित रहेका नेपाली दूतावास बाट गम्भीर ध्यानाकर्षण हुन
जरुरी देखिन्छ । यदि यस्ता कार्यहरुलाई समयमै चासो नदिए भावी दिनहरुमा नेपालबाट जापान
आउन चाहाने जो कोहिलाई पनि आउन बाट बञ्चित हुनुपर्ने स्थिति सिर्जना हुन जान्छ । यसका
लागी विभिन्न प्रलेभन र लोभ लालच देखाई लाखौ ठगी गर्नुको साथ-साथै राष्ट्रीयता माथी
नै प्रश्न चिन्ह तेर्साउन सक्ने दलालीकरणको पुर्ण रुपबाट अन्त्य हुन पर्दछ । नेपाली
नै भएतापनि गलत कार्य बिरुद्ध कानुनको कठघरामा उभ्याउन सकिनुपर्छ । खुलेआम रुपमा शरणार्थी
बनाँउदै हिड्ने दलालहरुको अन्त्य गर्न सकिएमा शरणार्थी बन्ने क्रम केहि हदसम्म भएपनि घट्न जाने ठम्याई छ ।
जापान आउने विद्यार्थीहरु बढि शरणार्थी बन्ने गर्छन । जापानमा यहाँको परिवेश र रहनसहन अन्य देशहरुको तुलनामा फरक हुनाले यहाँको दैनिकी सँग होम्मिन नयां विद्यार्थीहरुको लागी निकै चुनौतिपुर्ण हुने गर्छ । चुनौतिपुर्ण कुराहरुलाई सामाना गर्न जापानको परिवेशमा भिजिसकेको अग्रज वर्गहरुबाट आवश्यक सल्लाह , सुझाव , सहयोग र उपयुक्त गाईड गर्नुपर्दछ । सुरुमा यहाँ आँउदा भाषाको समस्याले काम नपाउने हुदाँ जापानमा रहेको हाक्केन कम्पनी ( काम मिलाईदिने कम्पनी ) र कम्पनीमा चिनेजानेकोहरुबाट स्योईखाई मार्फत काम दिलाईदिने बाटो देखाएमा विद्यार्थीहरुमा उर्जा मिल्न जान्छ । कतिपय नेपालीहरुले यसरी सहयोग गरिरहेका छन भने कतिपयले स्वार्थ भावानाले पैसा समेत अलुलीरहेको छ । यसरी सकिने सहयोगमा निस्वार्थ र आत्मसाथ बुझिदिएमा सबैको मनोबल बढ्न हुनाले सबै सामु यो कुराको विन्ति पनि विसाउन चाहान्छु ।
जापानबासी नेपालीहरुको लागी खोलीएका संघसस्थाहरुले
पनि जापानमा रहेका विद्यार्थीहरुलाई केन्द्रित गरेर प्रत्येक महिना अन्तरक्रिया कार्यक्रमहरु
संचालनमा ल्यायो भने पुराना तथा नयां विद्यार्थीहरु
बिच सम्बन्धहरु कायम हुन जान्छ । यसरी अन्तरक्रिया कार्यक्रमहरु जापानका विभिन्म शहरहरुमा
गरेमा नेपालीहरु बिच एकजुट भई सहयोगको भावानाहरुमा पनि वृद्धि हुने गर्छ । सबैको समस्याहरु
सुन्ने , बुझ्ने आफुले सकेको ठाँउबाट सक्दो सहयोग
गर्ने अझ सके आर्थिक रुपमै सहयोगहरु गरेमा हाल बढिरहरेको कु-बाटोहरुको अन्त्य हुन जान्छ
।
केहि महिना अघि नेपाल जापान युथ क्लवले
जापानको टोकियोको भाषा स्कुलमा अध्यनरत मुटुरोगी
विद्यार्थीलाई ६० हजार येन सहयोग गरेको थियो । यसरी अन्य संघसस्थाहरुले पनि
यहि बाटोलाई पछ्याउदै लाने हो भने भोलीको दिनहरुमा नेपाली विद्यार्थीहरु गतल बाटोमा
हिड्नबाट जोगीनेछ । विद्यार्थी भिषामा केहि बर्ष सँघर्षको साथ लागी परेमा जापानमा शुन्दर
भविष्यको कल्पनाहरु यथार्थमा परिणत हुन समय लाग्दैन । एनआरएन आईसिसीका उपाध्यक्ष तथा
टि.बि.आई ग्रुपका अध्यक्ष भवन भट्ट पनि सुरुमा विद्यार्थी भिषामै जापान होमिएका थिए
। मेहनत , धैर्यता , लगनशीलता र भविष्यको लक्ष
उद्देश्यले गर्दा भट्ट आज एक सफल व्यवसायी र लगानीकर्ताको रुपमा चिनिन पुगेका
हुन। उनी मात्र नभएर थुप्रै बिद्यार्थी भिषामा आएकाहरु थुप्रै क्षेत्रमा सफल भएका
छन।
दुख गर्नुहोस , हारहरुमा लज्जित नहुनुहोस , भविष्यको लक्ष र उद्देश्यको बाटोलाई नछोड्नुहोस
, एकदिन तपाईले जापानमा खोजे जस्तै रोजे जस्तै
सपनाको संसार भेटाउनुहुनेछ । विद्यार्थी जिवनलाई काल र पाप नसम्झिनुहोस ।