काठमाडौं, १३ असोज ।
गल्कोट समाज जापानले बाग्लुंग गल्कोट नरेठाटीका
मृगौला खराब भएर थला परेका अर्जुन सुनारलाई ६ लाख ७८ हजार ६ सय ८४ रुपैयाँ उपचार को
लागि सहयोग गरेको छ ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गरी समाजका अध्यक्ष हर्क थापाले सुनारको परिवारलाई उक्त रकम प्रदान गरेको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने उपचारमा थप रकम आवश्यक परे हामीले अझ पहल गर्नेछौ ।
दुई वर्षअघि मृगौला रोगले थलिएका सुनार आर्थिक अभावमा भौतारिएका थिए । उनको अभावबारे थाहा पाएपछि समाजले सञ्चालन गरेको सहयोग अभियान मार्फत उक्त रकम जुटेको थापाले बताए ।
गल्कोट समाज जापानको सहयोग पछि बिरामी अर्जुनले बाच्ने आशा पलाएको बताएका छन ।आर्थिक सहयोग हस्तान्तण कार्यक्रममा सुनारकी श्रीमती लक्ष्मी सुनारले सहयोगी सबैलाई धन्यवाद दिदैं श्रीमानको लागि आफुले मुगौला दिने बताए ।
सुनार को उपचारको लागि यस अघि बिभिन्न देश हरुबाट रक हरु आइ सकेको छ भने गल्कोट समाज जापानले अभियान मार्फत रकम संकलन गरि आज हस्तान्तण गरेको हो । यस अभियानमा सहभागी सम्पूर्ण सहयोगी सबैलाई गल्कोट समाज जापानले धन्यबाद ज्ञापन गरेको छ।