नेपाल ब्युरो– भदौ २८, काठमाडौ ।
चार दल सम्मिलित कार्यदलको बैठक आज बस्ने भएको छ ।
राष्ट्रिय राजनीतिक सभाको तयारीका विषयमा छलफल गर्न सो बैठक बस्न भएको हो ।
आज अपरान्ह साढे ४ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको कार्यदलमा सहभागी नेकपा एमालेका नेता भिम रावलले जानकारी दिनुभयो ।
बैठकमा सभाको व्यवस्थापन र प्रारुप कस्तो बनाउने र संविधानसभा बाहिर रहेका अन्य दलहरुलाई कसरी सहभागी गराउनो भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।
कार्यदलमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र नेकपा माओवादीका दुई दुई नेता सहभागी छन् ।