एएफसी अण्डर सिक्सटीनमा आज नेपालले उत्तर कोरीयासंग खेल्ने
Admin / 2014-09-11 03:07:52
नेपाल ब्युरो– भदौ २६ ।
थाइल्याण्डमा जारी एएफसी अण्डर सिक्सटीन च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज नेपालले उत्तर कोरीयासंग खेल्दैछ ।
क्वार्टरफाइनल प्रवेशका लागि आज नेपालले समूहचरणको अन्तिम खेल उत्तरकोरीयासंग खेल्न लागेको हो ।
पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानलाई १ १ गोलको बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बलियो प्रतिद्धन्दी कुवेतलाई २ १ गोल अन्तरले पराजित गरेको हो ।
समूह सी मा रहेको नेपालले उत्तरकोरीयालाई हराउन सके समूह विजेता बन्ने अवसर पनि उत्तिकै छ । समूहका शीर्ष २ टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
जारी अण्डर सिक्सटीन च्याम्पियनशिज सन् २०१५ मा आयोजना हुने अण्डर सेभेन्टिन विश्वकपको छनौट प्रकृया पनि रहेकाले च्याम्पियनििसशपको सेमिफाइनलमा पुग्ने चार टिम विश्वकपका लागि छनौट हुनेछन् ।
प्रकाशित मिति: 2014-09-11 03:07:52
प्रतिक्रिया: