यातायात तथा हवाई सेवालाई सुरक्षित बनाउन सम्बद्ध पक्षलाइ सरकारको निर्देशन
Admin / 2014-09-10 08:10:23
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
सरकारल यतायात तथा हवाई सेवालाई व्यवस्थित, सुरक्षित बनाउन सम्बद्ध पक्षलाई सरकाले निर्देशन दिएको छ ।
दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै सवारी साधन तथा हवाई सेवालाई भरपर्दो, व्यवस्थित, सुरक्षित बनाउन सम्बद्ध पक्षलाई सरकारले निर्देशन दिएको हो ।
यात्रुहरुलाई सहज रुपमा टिकट उपलब्ध गराउन, सुरक्षित यातयात गराउन एवं यातायातको प्रभावकारी अनुगमन गर्न प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीले निर्देशन दिनुभएको हो । सचिव सुवेदीले यातायात व्यवस्था मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा, यातायात व्यवसायी राष्ट्रिय महासंघ, वायुसेवा सञ्चालक संघ र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुलाई बोलाएर आवतजावतलाई सहज बनाउन निर्देशन दिनुभएको छ ।
त्यस्तै ६ घण्टा भन्दा लामो रुटमा चल्ने सवारी साधनमा अनिवार्य रुपमा २ जना चालकको व्यवस्था गर्न, सबै यात्रुहरुको विवरण र २ जना चालकको नाम सहितको चलानी विवरण तीन प्रति बनाउने र एक प्रति ट्राफिक प्रहरीलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।
प्रकाशित मिति: 2014-09-10 08:10:23
प्रतिक्रिया: